फारुख भन्छन् : मैले अन्याय गरेको छैन् तर, उस्मान अनावश्यक मेरो बद्नाम गर्दै हिडेको छ

२१ चैत्र २०७३, सोमबार १६:४०
 

सदरलाइनडटकम 
२१ चैत, नेपालगन्ज : नेपालगन्ज–१६ बेलासपुरका फारुख हल्वाईले आफुले कुनै जालसाझीको काम नगरेको बताएका छन् । नेपालगन्ज खजुरारोडमा बस्दैआएका ४४ वर्षिय मो. उस्मान हल्वाईले आफुलाई पैत्रिक सम्पत्तिबाट बेदखल गर्नको लागि फारुखले नागरिकतामा कृर्ते गरेको आरोप लाएका थिए ।  
उनले आफुहरु एउटै आमाको कोखबाट जन्मेको भए पनि बाबु भने फरक–फरक भएकोले आफुलाई पटक–पटक दुःख दिने र बेइजती गर्ने मनसायले उस्मानले कहिले अंश मुद्दा दिने त कहिले नागरिकता कृर्ते सम्बन्धित उजुरी दिएर हैरान पारेको गुनासो गरे ।
उस्मानले आफुलाई अनावश्यक बद्नाम गर्दै हिडेको उनको आरोप छ । ‘२०२० सालमा हजुर बुवा स्व. छोडकउ हलवाईले बुवा सद्दिक हल्वाई र काका सफी भन्ने बेचु हल्वाईको बीचमा अंशबण्डा गराई दिएकोले उस्मान र मेरो बीचमा अंश लाग्दैन साथै उस्मान र म भाई–भाईका छोरा हौ’– फारुखले भने–‘बुवाहरुको समयकालमा आंश बण्डा भई नगरपालिका, भूमिसुधार लगायतका अड्डामा लागत फाँटवारीमा समेत उल्लेख छ ।’
फारुख र उस्मानको आमा एक भए पनि उनीहरु भाई–भाईका छोरा भएको र बाबुहरु हुँदै खेरी अंशबण्डा भएको नेपालगन्ज नगरपालिकाको लागत उतार, र भूमिसुधारको ७ नं. फाँटवारीमा समेत २०२० सालमा बुवाहरुले अंश लिएको स्पष्ट भएकोले उस्मानले नियतवस आफ्नो र आफ्नो परिवारको बद्नाम गर्दै आएको फारुखले दाबी गरे ।

उनले भने–‘उस्मानले बाँके जिल्ला अदालतमा मिति २०६८ साउन २४ गते दिएको मुद्दामा बाबु नै फरक भनेर किटान गरेकोले पनि उनकोे र मेरो बीचमा पैत्रिक सम्पत्तिको बारेमा झमेला छ भनेर हिड्नु अनावश्यक मेरो चरित्र हत्या गर्नु हो ।’ उनले २०७१ जेठ ३० गते महान्यायाधिवक्ताको कार्यालयबाट समेत नागरिकता कृर्ते सम्बन्धित मुद्दामा दाबी झुटा भएको भन्दै सफाई दिएको र सोही समयमा आफु अनुसंन्धानको लागि १३ दिन हिरासतमा समेत बसेको बताए ।
उनले आफु र आफ्नो परिवारको चरित्र हत्या गर्दै हिड्ने गरेको बताउदै आफ्नो बुवा सद्दिकको मृत्यु पछि आमाले काका सफिसंग विवाह गरेको बताए । उस्मानले दिएको अंश सम्बन्धी मुद्दामा २०७० भदौ १० मा तत्कालिन पुनरावेदन अदालतमा उनै उस्मानले नै फारुख र आफु एउटै बाबुआमाको छोरा भएको भन्दै पुनराबेदनमा मुद्दा दिएपछि २०७१ मंसिर १५ गते तत्कालिन पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधिश बमकुमार श्रेष्ठ र न्यायाधिश यमुना भट्टराईको ईजालसले औश दिनु नपर्ने फैसला सुनाएको थियो । उनले आफुले कुनै अन्याय नगरे पनि उस्मानले नै अनाबश्यक दुख दिदै आएको बताए ।


दाजुले पैत्रिक सम्पत्ती नदिन नागरिकता मै कृर्ते गरेको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको कोहलपुरमा चुनाव केन्द्रित भेला

२१ चैत्र २०७३, सोमबार १६:४०
सदरलाइनडटकम   २१ चैत, नेपालगन्ज : स्थानीय तह निर्वाचनको तिथी नजिकिदै गर्दा निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलहरु आ–आफ्नो अभियान लिएर जनतामा जान थालेका छन् । यस क्रममा नेकपा एमाले, बाँकेको निर्वाचन लक्षित कार्यक्रम कोहलपुर पुगेको सो पार्टीले जनाएको छ । बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको मटेहियाबाट शुरु भएको एमालेको अभियान बैजापुर […]

सम्बन्धित