एमालेको कोहलपुरमा चुनाव केन्द्रित भेला

२१ चैत्र २०७३, सोमबार १८:२१
 

सदरलाइनडटकम  
२१ चैत, नेपालगन्ज : स्थानीय तह निर्वाचनको तिथी नजिकिदै गर्दा निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलहरु आ–आफ्नो अभियान लिएर जनतामा जान थालेका छन् । यस क्रममा नेकपा एमाले, बाँकेको निर्वाचन लक्षित कार्यक्रम कोहलपुर पुगेको सो पार्टीले जनाएको छ ।
बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको मटेहियाबाट शुरु भएको एमालेको अभियान बैजापुर हुँदै कोहलपुर पुगेको हो । जनताको घरमा पुगेर उनीहरुको गुनासो सुन्नुका साथै आफ्ना नीति तथा सिद्धान्तहरु बुझाउन एमालेले अभियान थालेको छ । यो अभियानले एमाले बाँकेले आसन्न स्थानीय निकाय निर्वाचनमा पार्टीले कस्ता उम्मेदवार बनाउदा नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने जनमत बुझ्नको लागि सजिलो हुने बताईएको छ ।
सोमबार कोहलपुरमा अगुवा कार्यकर्ता भेला भएको छ । बसन्ती अधिकारीको अध्यक्षतामा भएको भेलामा सांसद दलबहादुर सुनार, पार्टी अध्यक्ष अशोक कोइराला, उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री, प्रचार प्रभाग प्रमुख किस्मतकुमार कक्षपति, सचिवालय सदस्यहरु पदम धिताल, सूर्य ढकाल, अब्दुल हुसेन खाँ, कोहलपुरका नेताहरु लुटबहादुर रावत, चन्द्र भूसाल, नरेन्द्र शर्मा, हरिभक्त अधिकारीलगायतले मन्तब्य राखेका थिए ।
संविधान अनुसार हालै गठन गरिएका कमिटी र निर्वाचनलाई लक्षित गरेर एमालेले सबै गाउँपालिकामा बिस्तारित बैठक र भेलाहरु आयोजना गरेको पार्टी अध्यक्ष कोइरालाले जानकारी दिए । बैशाख ३१ गते स्थानीय निकायको चुनाव हुने भएपछि एमालेले यो बीचमा गाउँगाउँका नेता तथा कार्यकर्तालाई सक्रिय बनाउनुका साथै जनतालाई आकर्षित गरिरहेको छ । २० वर्षपछि स्थानीय निकायको चुनाव हुन थालेकाले जनताहरु पनि उत्साहित छन् । स्थानीय निकायमा २०५४ सालको अवस्था दोहो¥याउन नेता तथा कार्यकर्ताहरु एकमना एकताका साथ अगाडि बढिरहेको प्रचार विभागका प्रमुख कक्षपतिको भनाई छ ।
बिस्तार भेला र बैठकको अभियानसँगै एमालेले ‘जित्ने’ उम्मेदवारको पनि खोजी गरि रहेको छ । पार्टीको नीति तथा सिद्धान्तलाई बुझेको र पार्टीमा त्याग, तपस्या गरेको, निष्ठावान, चरित्रवानलाई उम्मेदवार बनाइने नेताहरु बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदीय समितिलाई परराष्ट्रमन्त्रीको चूनौति : प्रमाणित भए राजिनामा दिन्छु, जथाभावी निर्णय नगर्नुहोस्

२१ चैत्र २०७३, सोमबार १८:२१
सदरलाइनडटकम   २१ चैत, काठमाडौं : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिले आफूमाथि लगाएको आरोप पुष्टि भए आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन् । संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिको हिजो आईतबार बसेको बैठकले परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको भन्ने समाचार […]

सम्बन्धित