किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम ‘ईंगेज’ परियोजना सम्पन्न

सदरलाइन संवाददाता ४ पुष २०७९, सोमबार १८:३४
 

 

नेपालगञ्ज : विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरीलाई पुन विद्यालयमा पठाउने उद्देश्यले बाँकेमा सञ्चालनमा रहेको किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम ‘ईंगेज’ परियोजना सम्पन्न भएको छ ।

बाँकेका ३ स्थानीय तह तथा पर्सा र सर्लाहीको २÷२ पालिकामा सञ्चालनमा रहेको सो परियोजना युकेएडको आर्थिक सहयोग तथा भिएसओ नेपाल र हेन्डिक्याप ईन्टरनेशनलको समन्वयमा डेक नेपालद्वारा बाँकेमा सञ्चालनमा रहेको थियो ।

भिएओ नेपालका केशव लम्सालले बाँकेका खजुरा, बैजनाथ र कोहलपुरमा सो कार्यक्रम सञ्चालन रहेको र सो कार्यक्रमबाट ९ सय ८० किशोर किशोरी लाभान्वित भएको जानकारी दिए । उनले यो कार्यक्रमबाट ८ सय ६२ जना किशोरी लाभान्वित भएको बताए । यी मध्ये १ सय ५८ अपाङ्गता भएका किशोरी रहेका छन भने १ सय १८ अपाङ्गता भएका किशोर कार्यक्रमसंग जोडिएका छन् ।


उनले खासगरी विद्यालय जान नसकेका किशोरी तथा अपाङ्गताको कारण विद्यालयबाट टाढा रहेका किशोरलाई लक्षित गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी जिल्ला स्तरिय सिकाई आदान प्रदान तथा बहिरगमन हुन सकेको बताए ।

कार्यक्रममा बोल्दै बैजनाथ गाउपालिकाको उपाध्यक्ष निर्मला रोकायले कार्यक्रमले पालिकामा निक्कै राम्रो प्रभाव पारेको कुरामा जोड दिदै यस्ताखाले कार्यक्रमको निरन्तरता हुन आवश्यक रहेको औल्याईन । उनले स्थानीय तहले यस्ता कार्यक्रमको अपनत्व लिनु पर्ने कुरामा जोड दिईन ।

हेण्डिक्याम ईन्टरनेशनलका ईनद्र विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा भिएसओ नेपालका राजनकुमार कर्णले कार्यक्रमले पारेको प्रभावका विषयमा समग्र जानकारी मुलक प्रस्तुती गरेका थिए । कार्यक्रममा खजुरा गाउपालिकाका अध्यक्ष डम्बर विक तुफान, बिभिन्न पालिकाका शिक्षा शाखा प्रमुख तथा लाभान्वित किशोरीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवा गाउँपालिकाको १२औं गाउँसभा सोमबारदेखि सुरु

४ पुष २०७९, सोमबार १८:३४
  डुडुवा (बाँके) :  लामो समयको अन्तरालपछि बाँकेको डुडुवा गाउँपालिकाको १२औं गाउँसभा सोमबारदेखि सुरु भएको छ । पालिकाका अध्यक्ष नरेन्द्र चौधरीले आर्थिक वर्ष २०७९ / ८० वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । सो गाउसभामा डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा १५ शैयाको अस्पताल निर्माण गर्ने कार्य लक्ष्य लिएको […]