सदरलाइनडटकम
१० बैशाख, नेपालगन्ज : दुबै मृगौला फेल भई भारतमा उपचार गराईरहेका अछाम जिल्ला तुमाखाककद धमाली गाउँका बिरेन्द्रसिंह बिष्टको उपचारमा सहयोग गर्न अछामी सेवा समाज बाँकेले सार्वजनिकरुपमा अपिल गरेको छ ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
सेवा समाजले सामान्य परिवारका बिष्टको उपचारमा लाखौं खर्च हुने भएकाले त्यसको व्यवस्थापनका लागि सबैमा आग्रह गरेका हुन । कलिलो उमेरमा दुई वटै मृगौला फेल भई बिष्ट भारत आन्ध्र्र प्रदेश हैदरावाद निम्स अस्पतालमा बिगत लामो समयदेखि उपचार गराइरहेका छन् ।