नेपालगन्ज नर्सिङ्गमा शर्मिला स्ववियू सभापति

१८ फाल्गुन २०७३, बुधबार १३:४४
 

सदरलाइनडटकम 
१८ फागुन, नेपालगन्ज : स्थानीय निकायको निर्वाचन अघि मिनि निर्वाचनको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउन सुरु भएको छ । नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा एमाले निकट अनेरास्ववियुकी शर्मिला थापा स्ववियु सभापति पदमा विजयी भएकी छन् । उनले ५८ मत प्राप्त गरिन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघकी सुष्मिता आचार्यले ५५ मत र अखिल क्रान्तिकारीकी सिर्जना अधिकारीले ५३ मत प्राप्त गरेको प्राप्त गरेको निर्वाचन अधिकृत तुलसा सुनारले जानकारी दिइन् ।
नेपालगन्ज नर्सिङ क्याम्पसमा १७७ जना मतदाता रहेकोमा १७६ मत खसेको थियो । मत परिणाम अनुसार सचिवमा अखिल क्रान्तिकारीकी मनिषा मल्ल विजयी भइन् । उनले ६३ मत प्राप्त गरिन् भने अनेरास्ववियूकी दिक्षा आचार्यले ५८ र नेविसंघकी प्रेरणा थापाले ४८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुनारले जानकारी दिईन । कोषाध्यक्षमा अनेरास्ववियुकी कविता श्रेष्ठ विजयी भएकी छन् । उनीले ६३ मत प्राप्त गरिन् । सदस्यतर्फ नेविसंघले २ र अनेरास्ववियूले एक सदस्य जितेको छ । नेविसंघकी आकृती पौडेलले ६६, अनेरास्ववियुकी पुनम थारुले ६० र नेविसंघकी संगीता न्यौपानेले ५९ मत प्राप्त गर्दै विजयी भएका छन् ।
बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरमा बुधबार सम्पन्न निर्वाचनमा नेविसंघकी चित्रकला पुन अध्यक्षमा विजयी भएकी छन् । यसैगरी ज्ञानोदय बहुमुखी क्याम्पस खुजराको स्ववियु अध्यक्षमा नेविसंघका हिमाल पंगाली विजयी भएका छन् । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा मत गणना जारी छ । सो क्याम्पसमा प्रत्यक्ष तर्फ ४ सय १२ मत खसेको समानुपातिक तर्फ ४ सय ४ मत खसेको निर्वाचन समितिले जनाएको छ । समानुपातिक तर्फ मत गणना हुँदै गर्दा पहिलो सय मत गन्दा अनेरास्ववियु ५५, नेबिसंघ २८ र अखिल क्रान्तिकारी १७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोस्रो नेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिताको सुरुवाती खेलमा सुदूरपश्चिम–११ विजयी

१८ फाल्गुन २०७३, बुधबार १३:४४
सदरलाइनडटकम   २६ फागुन नेपालगन्ज : नेपालगन्जमा विहीवारदेखि शुरु भएको दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगितामा सुदूरपश्चिम–११ ले विजयी यात्रा शुरु गरेको छ । उद्घाटन खेलमा दिल्ली युनाइटेड क्लवलाई १–० ले हराउँदै सुदूपश्चिमले विजयी यात्रा शुरु गरेको हो । सार्वाधिक ५ लाख पुरस्कार राशी रहेको सो प्रतियोगितामा ८ वटा टीम सहभागी […]