राष्ट्रियतामा कुनै सम्झौता हुँदैन : एमाले नेता पण्डित

२५ मंसिर २०७३, शनिबार १२:३५
 

सदरलाइनडटकम,
२५ मंसिर, नेपालगन्ज : पूर्व सामान्य प्रशाशन मन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले राष्ट्रियताको सवालमा कुनै पनि सम्झौता गर्न नहुने बताएका छन् । उनले विदेशमा रहेका नेपालीलाई आफु रहेको देशको नागरिकता र भोटिङ्ग आईडि त्यागेर आए मात्र नेपाली मान्न सकिने स्पष्ट पारे ।
उनले अहिले दर्ता गराईएको संविधान संशोधन प्रस्ताव पारित भए केही वर्षमै नेपाल भारतको प्रान्त बन्ने दावी गरे । प्रेस चौतारी बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्नु भनेको एक मधेस एक प्रदेशलाई सर्मथन गर्नु सरह भएको बताउँदै नेता पण्डितले एक मधेस प्रदेशको अवधारणा देश टुक्राउन कै लागि भएको उनको दाबी छ ।
‘मधेस र मधेसमा बसोबास गर्ने जनता राष्ट्रबादी छन् । यहाँका जनताको राष्ट्रभक्ति प्रति कसैले शंका गर्नुहुदैन । तर यहाँ जनताको भावनामा खेलबाड गरेर र भ्रममा पारेर बिस्तारै तराईलाई भारतको प्रान्त बनाउने योजनाहरु कार्यान्वयन गर्न खोजिदैछ’– उनले भने ।
बर्तमान सरकारले भारतीय योजना नै कार्यान्वयन गर्नका लागि संविधान संशोधन प्रस्ताव ल्याएको नेता पण्डितको भनाई रहेको छ । मधेस र पहाडका जनताहरु मिलेर बसेको स्वदेशकै र बिदेशकै शासकहरुलाई मन नपरेको उल्लेख गर्दै नेता पण्डितले भने,–‘त्यसैकारणले गर्दा मधेस र पहाड अलग गर्न खोजिदैछ ।’
संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै नेता पण्डितले संशोधन नभएसम्म संसदको अबरोध कायमै रहने पनि बताए । एक अर्को प्रसंगमा नेता पण्डितले एकल जातीबादी, अति क्षेत्रीयताबादी र संकिर्ण सोंच भएकाले मात्र आफ्नो पार्टी नेकपा एमालेलाई मधेसी बिरोधी देखिरहेको आरोप लगाए ।
अब हुने निर्बाचनमा पार्टीले मधेसबाट पाउने मतबाट एमाले मधेस बिरोधी होइन रहेछ भन्ने कुरो देखाउने पण्डितले दाबी गरे । उनले भने,–‘मधेसबाटै हामीले ठूलो मत पाएका छौं । अब पनि निर्वाचन हुन दिनुहोस् । फेरी पनि जनताले हामीलाई मत दिनुहुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकमहिने आधारभूत पत्रकारिता तालिम सुरु

२५ मंसिर २०७३, शनिबार १२:३५
सदरलाइनडटकम, २५ मंसिर, नेपालगन्ज : थारु पत्रकार संघ बाँकेको आयोजनामा शनिबारदेखि १ महिने आधारभुत पत्रकारिता तालिम नेपालगन्जमा सुरु भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे र जिल्ला अध्यक्ष रुद्र सुवेदीले तालिमको उद्दघाटन गरेका थिए । तालिमको उदघाटन शत्रमा बोल्दै प्रमुख अतिथि गैरेले पत्रकारिता अध्ययन र अभ्यासको वरावर […]