प्रधानमन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलको उपधी पुनः रेल्वेको पोल्टोमा

१८ फाल्गुन २०७३, बुधबार १२:४०
 

सपना विष्ट/सदरलाइन       
१८ फागुन, नेपालगन्ज : चौथो प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिताको उपाधी भातीय रेल्वे टीमले आफ्नो पोल्टोमा पार्न सफल भएको छ । साबिक बिजेता समेत रहेको रेल्वेले साबिकै उपबिजेता सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सेटमा हराउदै उपाधीमाथि दोस्रोपटक कब्जा जमाएको हो ।
बुधवार भएको फाइनल खेलको अत्यन्त प्रतिस्पर्धात्मक पहिलो सेटमा साविक विजेता भारतीय रेल्वेले एपीएपलाई २७–२५ ले पछिपार्दै आफ्नो विजयी यात्राको सुरुवात ग¥यो । पहिलो सेट जितेर उच्च मनोबलका साथ कोर्टमा प्रवेश गरेको रेल्वेले दोश्रो सेट २५–१७ ले जित्दा तेश्रो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥यो ।
यसैगरी नेपालगन्ज कर्भडहल मै भएको तेश्रो स्थानको खेलमा पुलिसले आर्मी माथी ३–१ को जित निकाल्यो । पुलिसले पहिलो तेश्रो र चौथो सेट क्रमशः २५–१८,२५–१५ र २५–२३ ले आफ्नो नाममा लेखाउदा दोश्रो सेट आर्मीले २५–२० ले जित्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रेल्वेकी अनुश्री घोषले सर्वोउत्कृष्ट खेलाडीको उपाधी जितिन् ।
उनले नगद १० हजार प्राप्त गरिन् । त्यस्तै बिधागततर्फ उत्कृष्ट स्पाईकरमा एपीएफकी सरस्वती चौधरी,उत्कृष्ट ब्लकरमा एपीएफकी उषा बिष्ट, उत्कृष्ट सर्भरमा एपीएफकै नेबिका चौधरी चुनिए भने उत्कृष्ट सेटरमा रेल्वेकी रिचु म्यारी र उत्कृष्ट डिफेन्सको उपाधी रेल्वेकै पिरोस्मिता बापरीले जितिन् । उनीहरुले जनहि नगद २ हजार प्राप्त गरे ।


बिजेता टिम तथा खेलाडिलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमाल,सदस्यद्वय बिनोद मैनाली, शान्ति सिंह, नेपाल भलिबल संघका बरिष्ट उपाध्यक्ष यमवहादुर गुरुङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन, मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष भिम ओली,आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीलगायतले पुरस्कृत गरेका थिए ।
लिगकम नकआउटको आधारमा संचालन भएको प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गरे ।



मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषदको बिशेष सहयोग रहेकोे छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले १४ गते उद्घाटन गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज नर्सिङ्गमा शर्मिला स्ववियू सभापति

१८ फाल्गुन २०७३, बुधबार १२:४०
सदरलाइनडटकम  १८ फागुन, नेपालगन्ज : स्थानीय निकायको निर्वाचन अघि मिनि निर्वाचनको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउन सुरु भएको छ । नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा एमाले निकट अनेरास्ववियुकी शर्मिला थापा स्ववियु सभापति पदमा विजयी भएकी छन् । उनले ५८ मत प्राप्त गरिन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी […]