मानव बन्यजन्तुद्वन्द्व घटाउदै संरक्षणमा विकास गर्न आवश्यक

१५ श्रावण २०७७, बिहीबार १२:१९
 

सदरलाइन/रुद्र सुवेदी,
राप्तीसोनारी (बाँके)  : स्वास्थ्य बताबरणको लागि बाघ संरक्षण भन्ने मुल नाराका साथ विश्व बाघ दिवस बाँकेमा पनि मनाईएको छ । बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा बाँकेको अगैयामा आयोजित कार्यक्रमका सहभागिले बाघ संरक्षणका लागि बन्यजन्तु र मानव बीचको द्वन्द्व घटाउदै संरक्षणको पहल गरिनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बाँके निर्वाचन क्षेत्रनं. १ बाट संघमा निर्बाचित सांसद महेश्वर गहतराज अथकले निकुञ्जले १० वर्ष भित्रै लक्षको पाँच गुणा बढी बाघ सरंक्षण गर्न सफल भएकोमा बधाई दिदै निकुञ्ज क्षेत्रमा पर्या पर्यटनको क्षेत्रमा विकास गर्नसके संरक्षणमा स्थानीयको सहभागिता रहने विश्वास ब्यक्त गरे । उनले निकुञ्जले संरक्षणको पाटोसंगै जनजिविकालाई पनि साथै लिएर अघि बढ्न आवश्यक रहेको औल्याए ।

प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बाँके राष्ट्रिय निकुञ्जले संरक्षणको लागि मध्यवर्ती तथा निकुञ्ज आसपासका जनाताको समस्यालाई सम्बोधन गर्दै निकुञ्जको क्षेत्रफल बढाउन आवश्यक देखिएको बताईन ।

उनले निुकुञ्जको विस्तारको लागि रहेका नीतिगत समस्याहरु समायानुकुल सुल्झाउदै लैजान आवश्यक रहेको सुरझाव दिईन । निकुञ्ज स्थापना गर्दा ४ वटा बाघ रहेकोमा हाल सो संख्या बढेर २१ पुगेको छ ।


कार्यक्रममा राप्तीसानारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले मानव र बन्यजन्तुबीचको द्वन्द घटानउको लागि निकुञ्जले ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याए ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बाघ संरक्षणकै लागि २०६७ सालमा स्थापना गरिएको मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा स्थापना कालमा ४ वटा बाघ रहेको र हाल २१ वटा बाघ पुगेको बताए । उनले निकुञ्जको व्यवस्थापन तथा संरक्षणको लागि स्थानीयको सहभागिता भएको कारणले मात्र सो संभव भएको स्पष्ट पारे ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्ग, राप्ती सोनारी गाउपलिका वडा नं. ९ का वडा अध्यक्ष महाबिर ओली, मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का, जेडएसएलका पवन गौतमलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

बाँकेमा थपिए २० जना कोरोना संक्रमित

१५ श्रावण २०७७, बिहीबार १२:१९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा बिहीवार एकैदिन थप २० जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा विभिन्न जिल्लाका गरी बिहीवार एकैसाथ ३६ जनामा संक्रमण देखिएको हो । आन्तरिक राजश्व कार्यालयमा केही दिनअघि कर अधिकृतमा कोरोना देखिएपछि कार्यालय शील गरि कर्मचारी र सेवाग्राहीको स्वाब संकलन गरि परीक्षण गरिएकोमा […]