सदरलाइनडटकम,
कैलाली : धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओडका छोरा निखिल ओड पक्राउ परेका छन् । उनलाई प्रहरीले कुटपिट आरोपमा पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षीय पारस जोशीलाई इटा प्रहार गरी घाइते बनाएपछि प्रहरीले उपमहानगर प्रमुखका २० वर्षीय छोरा निखिललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको उनले बताए । जोशीको निधारमा चोट लागेको छ । ओडले अर्कै व्यक्तिलाई प्रहार गरेको इटा जोशीलाई लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र बयानका आधारमा उनीमाथिथ मुद्दा चलाइने प्रहरी प्रवक्ता बस्नेतले बताए ।
