एक्लै भारत जाँदै गरेकी १४ बर्षिया बालिकाको उद्धार

सदरलाइन संवाददाता २२ माघ २०७७, बिहीबार १७:३३
 

बर्दिया : सशस्त्र प्रहरीले एक जना बालिकालाई उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३१ गण बर्दियाबाट गुलरियाको सुरजपुर नाकामा खटिएको टोलीले एक जना १४ बर्षिया बालिकाको बुधबार उद्धार गरेको बर्दियाका प्रमुख एसपी नर बहादुर रावतले जानकारी दिएका छन् ।

सिमा नाकाबाट एक्लै भारतमा अंकललाई भेट्न जाने भनेपछि ति बालिकालाई सशस्त्र प्रहरी शंका लागेर रोकेको थियो । सोधपुछका क्रममा ति बालिकाले आफुलाई कहिले बौनिया ७ कैलालीको भन्ने कहिले अस्थायी ठेगाना गुलरियाको ईट्टा भट्टा हो भनेपछि सशस्त्र प्रहरीले ति बालिकालाई आफ्नो नियन्त्रणमा लिएको एसपी रावतले भने ।


धेरैबेरको सोधपुछ पछि सशस्त्र प्रहरी ति बालिकालाई माईती नेपालको जिम्मा लगाएको एसपी रावतले बताएका छन् ।

Next Post

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराद्वारा निशुल्क स्वास्थ्य शिविर

२२ माघ २०७७, बिहीबार १७:३३
खजुरा (बाँके) : २१ औ अन्तराष्ट्रिय क्यान्सर दिवसको अवसर पारेर सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । दिवसको अवसरमा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराको आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको एक दिवशिय निशुल्क स्वास्थ शिविर आयोजना गर्नुको साथै सचेतामुलक वक्तृत्वकला तथा […]