अन्तरमावि रनिगं शिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण पदनाहमा शुरु, झन्डै २ हजार ५ सय खेलाडी सहभागि

२७ माघ २०७३, बिहीबार १३:०५
 

विनोद अधिकारी/सदरलाइन   
२७ माघ,बर्दिया : अन्तरमावि रनिगंशिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण बिहीवारदेखि पाञ्चजन्य माध्यामिक विद्यालय पदनाहामा शुरु भएको छ । पान्चजन्य माध्यामकि विद्यालयको खेल मैदानमा एक कार्यक्रमका विच नेकपा एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री बामदेब गौतमले उद्घाटन गरे ।
उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीले मार्चपास समेत गरेका थिए । दर्शकले भरीएको खेल मैदान विद्यार्थीको प्रस्तुतिले झकिझकाउ देखिएको थियो । प्रतियोगितामा जिल्लाका ७० विद्यालयले विभिन्न खेलमा आफ्नो सहभागिता जनाउंदैछन् ।
भलिवल, कवड्डी, दौड , रीलेदौड, ज्याभलिन थो्र, सटफुट, हाईजम्प, लगंजम्प ट्रिपल जम्प, कराते तेक्वान्दो , र उसुमा छात्र र छात्रा गरी झन्डै २ हजार ५ सय खेलाडिको सहभागिता रहनेछ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित अन्तर माध्यामिक विद्यालय राष्टपती रनिङ्ग शिल्ड खेलकुद सुरु गरीएको जिल्ला खेलकुद विकास समितिका अध्ययक्ष खगे्रन्द्र खनालले जानकारी दिए ।
जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पाञ्चजन्य माध्यामिक विद्यालय पदनाहाको सहआयोजनामा शुरु भएको राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताको फागुन २ गतेसम्म चल्नेछ ।


बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता जिल्ला स्तरीय प्रधानाध्यापक बैठकबाट पदनाहामा नवौं संकरणको राष्ट्रपती रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरीएको थियो ।


र यो पनि हेरौ

https://www.youtube.com/watch?v=hTgx6Fin0ME

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागत स्टेमेट ढिलाई हुँदा जिल्लाका विकास निर्माण प्रभावित हुने खतरा

२७ माघ २०७३, बिहीबार १३:०५
रुद्र सुवेदी/सदरलाइन   २८ माघ  नेपालगन्ज  :   जिल्लामा हुने विकासका योजनाको लागत स्टेमेटमा ढिलाई भएको कारण विकास योजनामा प्रभाव पर्ने देखिएको छ । जिविस बाँके अन्तरगतका विभिन्न विकास निर्माणका योजना बाँडफाँड भैसक्दा पनि योजना स्टेमेटमा जिल्ला प्राविधिक कार्यालयबाट ढिलाई भएको कारणले योजना निर्धारित समयमा सम्पन्न हुन कठिन हुने देखिएको […]