कोरोनाविरुद्ध सुईको चीनमा सफल परीक्षण

२३ चैत्र २०७६, आईतवार १३:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (कोभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयंसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ ।
सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ । वुहानमा गरिएको पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयंसेवक फिर्ता भएका हुन् । शुक्रवारसम्म १०८ जना स्वयंसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गराई सकेका छन् ।
सबै स्वयंसेवकहरुलाई ६ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राखेर पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिवलाई सुक्ष्मरुपमा अनुसन्धान गरिने छ । यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन् ।

Next Post

बाँकेस्थित सीमामा सशस्त्र प्रहरीको थप निगरानी

२३ चैत्र २०७६, आईतवार १३:४१
सदरलाइनडटकम, नेपालगञ्ज : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेसँग जोडिएको भारतीय सीमानाकामा सशस्त्र प्रहरीको तैनाती बढाइएको छ । बाँकेका सबै ठूला साना नाकामा सुरक्षा ब्यवस्था कडा पारिएको हो । शनिवार मात्रै कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि बाँकेका सबै सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी […]

सम्बन्धित