बाम गठबन्धनका कारण लोकतान्त्रिक शक्ति तिलमिलाका छन् : महरा

२१ कार्तिक २०७४, मंगलवार १८:४६
 

सदरलाइनडटकम
२१ कात्तिक, नेपालगन्ज : उपप्रधानमन्त्री तथा बिना बिभागिय मन्त्री कृष्णबहादुर महराले बाम गठबन्धन हुँदा नेपाली कांग्रेस तथा लोकतान्त्रिक गठबनधन क्षतबिच्छेद भएको बताएका छन ।

  मंगलबार बाँकेको नेपालगन्जमा बाम गठबन्धन जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

     एमाले बाँके जिल्ला पार्टी कार्यालय परिसरमा आयोजना गरिएको गठबन्धनका अगुवा कार्यकर्ता भेलामा उपप्रधानमन्त्री महराले जनताका दुश्मनहरु गठबन्धनबाट तिलमिलाएको दाबी गरे । उनले भने–‘बाम गठबन्धनबाट लोकतान्त्रिक शत्तिल भनाउदाहरु तिलमिलाएका छन् ।’उनले मुलुकमा अस्थिरता र अराजकता चाहिराख्ने शक्तिबाट सचेत हुनुपर्नेमा जोड दिदै अहिले पनि निर्वाचन नचाहने सानो शक्ति रहेको बताए । उपप्रधानमन्त्री महराले बिप्लव नेतृत्वको नेकपा माओवादीले निर्वाचनको बिरोधमा थालेको आन्दोलनमा अन्य शक्तिको आर्शिवाद रहेको दावी गरे ।


    उनले सम्बोधनकोे क्रममा बिप्लव आफ्नो विद्यार्थी भएको बताउदै उनी नेतृत्वको माओवादीले राखेको उम्मेदवारका घरमा झण्डा गाडने र आक्रमण गर्नेसम्मको योजना उसको आफ्नै तागत भन्दा पनि केही शक्ति केन्द्रको आर्शिवाद भएको टिप्पणी गरे । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको बाम गठबन्धन चुनौतीरहित नभएको बताए । बाम गठबन्धनका लागि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय दुबैखालका चुनौती रहेको बताउदै महराले बाम गठबन्धन निर्माण भएपछि आम नागरिकमा मुलुकमा स्थायी सरकार बन्ने, आर्थिक समृद्धी हुने र बैदेशिक हस्तक्षेपको अन्त्य हुने बिश्वास रहेको बताए ।

   समितिको संयोजक दिनेश यादवको अध्यक्षता र सहसंयोजक प्रकाश सुवेदीको संचालनमा भएको कार्यक्रममा नेताहरु देवराज भार, दलबहादुर सुनार, गोविन्द कोइराला सहित उम्मेदवारको पनि सहभागीता रहेको थियो भने एमाले उपाध्यक्ष बामदेव गौतम कार्य बिषेशले आउन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औद्योगिक क्षेत्रमा वायु प्रर्दषण, सुधारमा अटेर गरेपछि उप–महानगरपालिकाको थप दवाव

२१ कार्तिक २०७४, मंगलवार १८:४६
सदरलाइनडटकम   २१ कात्तिक, नेपालगन्ज : नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेका केही उद्योगले निरन्तर वायु प्रर्दुषण गरेको पाइएपछि नेपालगन्ज उप–महानगरपालिकाद्वारा निगरानी बढाइएको छ । अधिकांस उद्योगहरुबाट निस्कीने धुवाँ÷धुलोले नगर क्षेत्रको वायू प्रदुर्षण गरेको व्यापक जनगुनासो आएपछि नेपालगन्ज उप–महानगरपालिकाले सम्वोधनको प्रक्रिया अघि बढाएको हो । उद्योगको आवश्यक मापदण्ड अनुसार रहे नरहेको बारे पत्राचार […]