सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको ना ४ ख ७१८८ नम्बरको बसमा बुधवार राति ११ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीका कारण बस पूर्ण रुपमा जलेको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको उक्त बस विगत तीन महिनादेखि बसपार्कमा पार्किङ गरी राखिएको बताइएको छ ।
यता त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरले आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरि कारबाही गर्न माग गरेको छ । सुरक्षित भनिएको बसपार्क भित्रै पार्किङ गरि राखिएको बसपमा आगजनी हुनु निन्दनीय कार्य भएको भन्दै प्रालिका कल्याणकारी सचिव प्रकाश भट्टले उक्त घटनाले सवारी धनीहरुलाई असुरक्षाको महशुस भएको बताए । आगजनीबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडम्मर पालले बताए ।
