२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

बाँकेको बैजापुरमा दुईदिने विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर (फाटो कथा सहित)



सदरलाइनडटकम  
५ फागुन नेपालगन्ज : मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको सहयोग तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बाँकेको बैजापुर–९ मा दुईदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
राष्ट्रिय अधारभूत विद्यालय बैजापुर–९ मा आयोजना गरिएको सो शिविरको बाँके निर्बाचन क्षेत्र नं.१ बाट निर्वाचित सांसद देवराज भारले १०८ वर्षिय जेष्ठ नागरिक दलबिर खड्कालाई सेवाग्राही कार्ड दिएर शिविरको उद्दघाटन गरे ।
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीको अध्यक्षतामा सम्पन्न उद्दघाटन सत्रमा बोल्दै सांसद भारले समग्र मानव जातिको विकासको लागि स्वास्थ्य शरिर हुन अत्यन्त आवश्यक भएकोले राज्यले नागरिकको घरदैलो मै सेवा दिनको लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
दुई दिनसम्म सञ्चालन हुने सो शिविरमा स्वास्थ्य परिक्षण तथा परामर्श, स्त्री तथा प्रसुती, बाल स्वास्थ्य, दन्तपरिक्षण तथा उपचार, नाक कान तथा घाँटी, चर्म तथा यौनरोग, आँखा परीक्षण तथा उपचार, मानसिक स्वास्थ्य, हाडजोर्नी र परिवार नियोजन, पोषण, सरसफाई, किशोर किशोरी तथा प्रजनन स्वास्थ्यका बारेमा सेवा दिने बताईएको छ ।
सोही शिविरमा महिला तथा बालबालिका कार्यालय बाँकेले अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र वितरण गर्नुको साथै जिल्ला आयुर्बेद अस्पतालबाट आयुर्बेदिक उपचार र औषधि बितरण, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जले अपाङ्गता भएका बालबालिकाको उपचार तथा कृतिम अंङ्ग प्रत्यारोपणको काम गर्ने आयोजकले जानकारी दिएको छ ।
सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल,प्रहरी प्रमुख टेकप्रसाद राई, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७३ फागुन ५ गते बिहीबार
ताजा समाचार