नेपाल नेत्रहीन संघले रजत महोत्सवको अवसरमा वार्षिक कार्यक्रमहरु सार्वजनिक

८ माघ २०७३, शनिबार १२:०५
 

सदरलाइनडटकम  
८ माघ, काठमाडौं : नेपाल नेत्रहीन संघले रजत महोत्सवको अवसरमा वार्षिक कार्यक्रमहरु अघि सारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले १५ बुँदे वार्षिक कार्यक्रमहरु अघि सारेको हो। संघले अघि सारेका कार्यक्रमहरुमा सबै प्रदेशका मुख्य शहरहरुमा संख्याको उपलब्धिसहित मिडिया क्याम्पेन सञ्चालन गर्ने, दृष्टिविहीनहरुको सशक्तीकरणको लागि देशव्यापी निवन्ध प्रतियोगिता गर्ने, देशव्यापी रुपमा सेतो छडी वितरण गर्ने, नीजि क्षेत्रसँग सहकार्य गरेर रोजगारीको लागि अन्तरक्रिया गर्ने, स्मारिका प्रकाशन गर्ने, उपत्याकाव्यापी खेलकुद प्रतियोगिता गर्ने लगायतका छन्।
संघका अध्यक्ष रमेश पोखरेलले संघ २५ वर्ष पूरा गरेको अवसरमा अँग्रेजी नयाँ वर्षभरि वार्षिक कार्यक्रमहरु अघि सारेको बताउँदै भने,‘हामीले देशव्यापी रुपमा संघलाई सशक्त बनाएर लैजाने, दृष्टिविहीनहरुको हकहितका लागि हामी जनजागरण अभियान नै चलाउँछौं।’
क्लबका सभापति ऋषि धमलाले संघका मागहरु सम्बोधन गराउनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। धमलाले भने,‘उहाँहरुले अघि सार्नुुभएका सबै कार्यक्रमहरु उत्साहजनक, व्यवहारिक र सान्र्दर्भिक छन्, उहाँहरुलाई सिपमुलक तालिमहरु उपलब्ध गराउनुपर्छ, सक्षम बनाउनुपर्छ, यसको लागि राज्यले विशेष ध्यान दिनुपर्छ।’
उनले दृष्टिविहीनहरुलाई सरकारले बेवास्ता गरेको समेत गुनासो पोखे। उनले भने,‘म मिडियाको तर्फबाट सक्दो सहयोग गर्छु, तपाईहरुका गुनासाहरुलाई जनतासमक्ष राख्ने वचन दिन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्र संकटमोचनको लागि हनुमान धाम निर्माण गर्ने

८ माघ २०७३, शनिबार १२:०५
सदरलाइनडटकम   ८ माघ, काठमाडौं : श्री संकट मोचन हुनमान मन्दिर सेवा समितिले संकट मोचन हनुमान धाम निर्माणको लागि आगामी बैशाख २४ गतेदेखि ३१ गतेसम्म श्री राष्ट्रिय संकटमोचन निवारण श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ २०७३÷०७४ गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर निर्माण कार्य समितिले यस्तो […]