सदरलाइनडटकम
२९ पुस, नेपालगन्ज : विश्वको सबैभन्दा ठूलो समाजिक र मानविय सेवामा समर्पित लायन्स क्लव अन्तराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिन साताव्यापी विभिन्न सामाजिक काम गरेर मनाईएको छ ।
लायन्सको स्थापना भएको सयवर्ष पुरा भएको अवसरमा स्रहशताब्दी कार्यक्रम तय गर्दै लायन्सका मल्टिपल सेन्टेनियल सेलिब्रेसन कोडिनेटर तथा लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ का पूर्व डिष्ट्रिक गर्भनर सेम शाक्यको प्रमुख आथित्पमा नेपालगन्जको धम्बोझिचोकमा सप्ताहको अन्तिम दिन मेल्भिन जोन्सको फोटोमा माल्र्यापण सहित सामाजिक सन्देस लेखिएको बेलुन उडाएर सुरुवात गरिएको थियो ।
लायन्सका संस्थापक मेल्भिन जोन्सको जनवरी १३ तारिक आजकै दिन जन्मदिन भएकोले लायन्स स्थापना भएको समेत सय वर्ष र संस्थापक जोन्सको जन्मदिनलाई साताव्यापी विभिन्न रचनात्मक कार्य गरेर मनाउने निर्णय भए अनुसार स्थानीय लियो क्लवहरुबाट नेपालगन्जको ट्राफिक चोकबाट दादुरा रुवेलाको खोप लगाउने सन्देस सहित साईकल र्याली निकालिएको थियो । सो र्याली धम्बोझि चोकमा पुगरे कोण सभामा परिणत भएको थियो ।
लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ क्षेत्र नं. ६ का विभिन्न लायन्स क्लवहरुको सक्रियतामा पुस २३ गते बर्दियाको जमुनीमा बृहद स्वास्थ्य शिविर गरिएको, २४ गते बाँकेको गनापुरमा स्त्री रोग परिक्षण शिविर र २५ गते मावि लग्दहवामा विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो । यसैगरी पुस २६ गते कोहलपुर बसपार्कमा सवारी चालकहरुको आँखापरीक्षण, २७ गते बृहद रक्तदाने, २८ गते बागेश्वरी मन्दीरमा गरिव असाहे दुखिलाई खाना खुवाईएको र २९ गते मेल्भिन डे धम्बोझि चोकमा जम्मा भएर सचेतना ¥याली निकाल्ने र २९ गते नै सिद्धार्थ कटेजमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिने बताईएको छ ।
कार्यक्रममा लायन्स लिडर ज्ञानेन्द्रकुमार श्रेष्ठ, मुकुट ढकाल, रमेश श्रेष्ठ, नवराज पराजुली लगायत क्षेत्र नं. ६ का विभिन्न क्लवहरुका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)