नरैनापुरका आगलागी पीडितलाई राहत सामग्री

सदरलाइन संवाददाता २२ चैत्र २०७८, मंगलवार १४:०६
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागी पीडितहरुलाई राहत उपलब्ध गराइएको छ । सोमबार अपरान्ह भएको आगलागीबाट १६ घरगोठ जलेर नष्ट भएका परिवारलाई राहत उपलब्ध गराइएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं.४ स्थित कृष्णनगर गाउँका १६ परिवारलाई प्रतिपरिवार २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, २ केजी प्याज, २ केजी नुन, १ थान त्रिपाल, २ थान डेक्ची, २ थान झुल, १ थान बाल्टी, १ पेटी चाउचाउ, १ थान जग, २ केजी चिउरा, १ प्याकेट दालमोट, १–१ थान डाडु पन्यु र ३ थान थाल उपलब्ध गराइएको छ ।


सोमबार अपरान्ह भएको आगलागीबाट १६ वटा घरगोठ र चार वटा बाख्रा जलेको र आगलागीबाट करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुर गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । गर्मीयाम शुरु भएसँगै नरैनापुर गाउँपालिकाका साथै बाँके जिल्लाका ग्रामीण बस्तीहरुमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला

२२ चैत्र २०७८, मंगलवार १४:०६
नेपालगञ्ज : बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका बुटवल–११ का ४० वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । तामाको तार चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका उनी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका सफाइ कर्मचारीसमेत रहेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ […]