जनप्रतिनिधिद्वारा गाउँपालिकामा तालाबन्दी

५ आश्विन २०७६, आईतवार १४:५०
 

सदरलाइनडटकम,
बर्दिया : बर्दियामा जनप्रतिनिधिलेनै गाउँपालिकामा लाताबन्दी गरेका छन् । विशेष गाउँसभाको माग गर्दै जिल्लाको गेरुवा गाउँपालिकामा गाउँपालिकाका वडाध्यक्षसहित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष र सदस्यहरुले संयुक्तरुपमा प्रेस विज्ञप्ती जारी गर्दै आइतवार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष ०७६।०७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्यबिधिलगायतका ऐन निर्माण थाहा नदिई पास गरेको, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरुको सेवा सुविधा अनावश्यकरुपमा थप गरिएको, शिक्षक निर्देशिका विपरीत अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षक विज्ञापन गरिएको भन्दै विरोधस्वरुप तालाबन्दी गरिएको विज्ञप्तीमा जनइएको छ ।
साथै, प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेपनि आर्थिक गतिबिधीमा संलग्न भइरहेको आरोप लगाइएको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिह केसीले भने गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाह नगरी कर्तव्य र मर्यादा विपरीत तालाबन्दी गरेको बताए । गाउँ सभाले जनाताका चाहाना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेको भन्दै जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नैतिकताले नसुहाउने उनले बताए ।

Next Post

असोज पन्ध्रमै नेपालगञ्ज बसपार्कको उद्घाटन हुने

५ आश्विन २०७६, आईतवार १४:५०
सदरलाइनडटकम, नेपालगञ्ज : घटनस्थापनाको दिनदेखि नेपालगञ्जको बसपार्क सञ्चालनमा आउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतवार बसेको बस सञ्चालक समिति प्रालि र सरोकारवाला निकायको बैठकले १५ गते वसपार्कको उद्घाटन हुने भएकाले असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र अनिवार्य प्रवेश गराउने निर्णय गरेको हो । यसैगरी बैठकले […]

सम्बन्धित