खप्तड गोल्डकपको उपाधीका लागि मनाङ्ग मस्र्याङ्दी र संकटा भिड्ने

२९ पुष २०७३, शुक्रबार १२:०९
 

विनोद अधिकारी/सदरलाइन  
२९ पुस, कैलाली  :  कैलालीमा जारी खप्तड गोल्डकपको उपाधीका लागि मनाङ्गं मस्र्याङ्दी र संकटा क्लव भिड्ने भएका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाईलमा शुक्रबार घरेलु टोली सुदूरपश्चिम–११ लाई १ शुन्यले पाखा लगाउंदै संकटाले फाईनलमा स्थान वनाएपछि फाईनलमा मनाङ्ग मस्र्याङ्दीसंग भिड्ने भएको हो ।
संकटको जितमा अमित तामाङ्ग नायक सावित भए । उनले खेलको १५ औं मिनेटमा गोल गर्दै टोलिलाई उपाधी भिडन्तका लागि फाईनलमा पुराएका हुन् ।
पहिलो हापमा १ शुन्यको अग्रता वनाएको पाहुना टोली विरुद्द घरेलु टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि नतिजालाई वरावरी गर्न सकेन । यस्तै, दोस्रो हापमा दुवै तर्फवाट गोल गर्ने थुपै अवसर प्राप्त भए पनि त्यसलाई दुवै टोलिका गोल रक्षकले निस्तेज पारेपछि खेल १ शुन्यको नतिजामा टुगींयो । यसअघि भारतको एक स्थानीय क्लवलाई हराउंदै मनाङ्गले फाईनलमा स्थान वनाएको थियो । शनिबार माघेसक्रान्तीका दिन उपाधीका लागि यि दुवै टोली आमने सामने हुदैंछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा पहिलोपटक क्षेत्रीय खाद्य मेलाको अयोजना गरिदै

२९ पुष २०७३, शुक्रबार १२:०९
सदरलाइनडटकम   १ माघ, नेपालगन्ज : मध्यपश्चिम क्षेत्रमा प्रचलनमा रहेको खाद्यान्नको संरक्षण र संर्बद्धन गर्नको लागि नेपालगन्जमा पहिलोपटक मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने भएको छ । ‘परम्परागत स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौ असल पोषणको लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आगामी माघको तेस्रो सातादेखि खाद्य मेलाको […]