राप्तीसोनारीमा अपाङ्गता भएकालाई निःशुल्क स्वास्थ्य सेवा

सदरलाइन संवाददाता २९ मंसिर २०८०, शुक्रबार १७:३४
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्रका ९८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाको ९ नं. वडाको महादेवपुरी स्वास्थ्य चौकी, ढकेरीमा बिहीबार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगसम्बन्धी ९८ जना अपाङ्गता भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

नाक, कान, घाँटी, आँखा, फिजिसियन, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा आँखा सम्बन्धिका २४ जना, सामान्य चिकित्सा सम्बन्धिका १६ जना, अडियोग्राम सम्बन्धिका १ जना, स्वास्थ्य पुनःस्थापना सेवा सम्बन्धि ३५ जना र नाक, कान, घाँटीसम्बन्धी २८ जना गरी कुल ९८ जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हो ।


राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भिजन आँखा अस्पताल नेपालगञ्ज र ब्रिनोज कान स्याहार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा पालिकाभित्र रहेका अपाङ्गता भएका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाले सम्बन्धित सरोकारवालासँगको समन्वयमा पालिकाका विभिन्न ठाउँमा विभिन्न प्रकारका रोगी बिरामीका लागि निःशुल्क रुपमा स्वास्थ्य शिविरको आयोजना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा राडार गनसहित ट्राफिक प्रहरी जाँच गर्दै

२९ मंसिर २०८०, शुक्रबार १७:३४
नेपालगञ्ज : बाँके ट्राफिकले सावारीसाधानको गति मापनगर्ने यन्त्र (राडार गन) सहित सडकमा उत्रिएको छ । तिब्र गतिका कारण हुने सक्ने दुर्घटना न्युनिकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–कोहलपुर सडक खण्डमा ६० किलोमिटर गति निर्धारण गर्दै राडार गन मार्फत सवारीको जाँच सुरु गरेको छ । बाँके ट्राफिकले नेपालगञ्ज– कोहलपुर सडक […]

सम्बन्धित