नेपालगञ्ज : बाँकेमा आइतवार २१ जना कोरोना भाइरसका नयाँ विरामी थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय नमुना परीक्षण गर्दा २१ संक्रमित थपिएका हुन् ।
नेपालगञ्जका ६, कोहलपुरका ३, बैजनाथका ८ र खजुराका ४ रहेको भेरी अस्पतालले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ४० पुगेको छ । ९ सय ९६ जना भने संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
जिल्लाका विभिन्न आइसोलेशनमा ४ सय बढी संक्रमित बसिरहेका छन् । कोरोना भाइरस संक्रमणबाट बाँकेमा ८ जनाको मृत्यु भएको छ ।