खुकुरी प्रहारको घटना बारेमा कोहलपुर प्रहरीले भोली पत्रकार सम्मेलन गर्दै

२५ पुष २०७३, सोमबार ११:२०
 

सदरलाइनडटकम 
२५ पुस, नेपालगन्ज : गत पुस १४ गतेको कोहलपुरमा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोस बुढाथोकी माथि भएको खुकुरी काण्डको बारेमा ईलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान ९ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।
सो घटनामा प्रहरीले तरुण दल क्षेत्र नं. १ का क्षेत्रीय सभापति दिग्बिजय जंग राणा सहित १२ जनालाई नियन्त्रणमा लिएको थियो । तरुणदल बाँकेले आफ्नो कार्यकर्ता राणालाई प्रहरीले नियतबस फसाउन खोजेको भन्दै दुईदिन बाँके बन्द समेत गरेको थियो ।
सो घटनामा बुढाथोकीलाई खुकुरी हान्ने मुख्य अभियुक्त लक्ष्मण मल्ल प्रहरी नियन्त्रणमा परेसंगै ईलाका प्रहरी कार्यालय कोहलपुरले राणा, शिव चौधरी, दीलिप चौधरी, जीवराज केसी, सुरेन्द्र केसी, सानो भाई भन्ने केसर रोकाय, ज्ञानु थापा, रमेश बिक, ललित मल्ल, राजु बोहरा र टेकबहादुर खत्री गरी १२ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज डिएसपी सुरेश कुमार काफ्लेले प्रहरीले बुढाथोकी माथि भएको हमलामा संलग्नता देखिएको कारण १२ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको बताए । उनले भने–‘ यो घटनामा पक्राउ परेका १२ जनाको कुनै न कुनै किसिमबाट संलग्नता देखिएको छ । चाँडै नै घटनाको अनुसंधान पुरा गरी सार्वजनिक गर्ने छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्तरिक राजस्व कार्यालय नेपालगन्जको लक्ष सजिलै पुरा हुँदै

२५ पुष २०७३, सोमबार ११:२०
सदरलाइनडटकम   २६ पुस, नेपालगन्ज : आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तोकिएको लक्ष सजिलै पुरा गर्ने जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत नारायण सुवेदीले राजस्व विभागले कार्यालयलाई चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्व ९ करोड ८ लाख राजस्व उठाउने लक्ष दिएको बताए । उनले […]