दुर्घटनामा परि वडाध्यक्षको मृत्यु

सदरलाइन संवाददाता १४ फाल्गुन २०७८, शनिबार १५:२९
 

सुर्खेत : मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा निधन भएको हो । दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै उनीहरुले बिहानैदेखि रत्नराजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन् । सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।


नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । रत्नराजमार्ग अन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुबजार नजिकै नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेनमा रहेका १९३ नेपाली जना सम्पर्कमा

१४ फाल्गुन २०७८, शनिबार १५:२९
काठमाडौं : रूसले आक्रमण गरिरहेको देश युक्रेनमा रहेका नेपाली सुरक्षित रहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । युक्रेनलाई समेत हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले अहिलेसम्म एक सय ९३ जना नेपाली सम्पर्कमा आएको जनाएको छ । युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको आकलन छ । रुसले युक्रेनको पूर्वि र […]