सदरलाइनडटकम,
बुटवल : गुल्मीस्थित किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चामलक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो ।
आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इञ्चार्ज रामप्रसाद धबलले जानकारी दिए । पसलबाट डिजल, पेट्रोलसमेत बिक्री गर्दै आएकाले आगो निभाउन समय लागेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।
