बडा दशैंको दोस्रो दिन बागेश्वरी मन्दिरमा दर्शनार्थीको घुईंचो

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार ११:३८
 

नेपालगञ्ज : बडा दशैंको दोस्रो दिन शुक्रवार देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन बिहीवार घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।


शुक्रवार पनि नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा दर्शनार्थीहरुको विहानैदेखि भिड लागेको छ । यस्तै दाङको अम्बिकेश्वरी, डोटीको शैलेश्वरी लगायतका मन्दिरहरु पनि पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ताइवानमाथि चीनले बलजफ्ती गरे सैन्य कदम चाल्ने अमेरिकाको चेतावनी

२२ आश्विन २०७८, शुक्रबार ११:३८
काठमाण्डौ : अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो । चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश […]