गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय

सदरलाइन संवाददाता ५ जेष्ठ २०७९, बिहीबार १७:५१
 

नेपालगञ्ज : सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ ।

समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुँडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताउनुभयो ।


सो साँझ सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने निर्णय गरिएको छ ।

तत्कालीन संविधान सभाले २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ ।

१६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

५ जेष्ठ २०७९, बिहीबार १७:५१
नेपालगञ्ज : कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका–१ बस्ने २५ वर्षीय जिवन चौधरी, गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय धर्म […]