२०३० सम्म विश्वका प्रति पाँच व्यक्ति मध्य एक हिन्दी भाषी हुने : प्रा.डा.द्विवेदी

सदरलाइन संवाददाता १३ असार २०८०, बुधबार १२:३७
 

दिल्ली :  सन २०३० सम्ममा विश्वका प्रति पाँच व्यक्ति मध्ये एक व्यक्ति हिन्दी भाषी हुने आकलन गरिएको छ । भारतीय जन संचार संस्थानका महानिदेशक एवं नगर राजभाषा कार्यान्वयन समिति (नराकास) का अध्यक्ष  समेत रहेका प्राध्यापक डा. संजय द्विवेदीले सो आँकलन गरेका हुन ।

उनले नगर राजभाषा कार्यान्वयन समिति (नराकाश) दक्षिण दिल्ली–०३ को छ महिने बैठकलाई सम्बोधन गर्दै सो बिचार व्यक्त गरेका हुन ।
भारतीय जन संचार संस्थानका महानिदेशक प्रा.डा. द्विवेदीले हिन्दी भाष विश्वका २ सय ६० भन्दा बढी विश्वविद्यालयमा पढाई समेत हुँदै आएको र विश्वका करिव ६४ करोड व्यक्तिको हिन्दी मात्रृ भाषा भएको, २४ करोड़ले हिन्दीलाई दोस्रो ४२ करोडको तेस्रोे भाषा हिंदी भएको दाबी गरे ।

उनले विश्वका १ अर्व ३० करोड जनसंश्याले हिंदी भाष बोल्न र बुझ्न सक्ने भएको बताउदै सन २०३० सम्म प्रति पाँच व्यत्ति, मध्ये एकजना हिन्दी भाषी हुने बताए ।


प्रो. द्विवेदीले भने–‘ प्रविधिको प्रयोगले हिंदीको प्रचार तीब्र गतिले बढ्दो छ । हिंदीको लोकप्रियताको अंदाज यसैबाट पनि लगाउन सकिन्छ कि इंटरनेटमा हिंदी पढ़नेको संख्या हरेक वर्ष ९४ प्रतिशतले बढ्दो छ । जबकी अंग्रेजीमा मात्र १७ प्रतिशतले ।’

उनले एक सर्वेक्षणको हवाला दिदै भने–‘ सन २०२५ सम्म करिब ३० करोड व्यक्तिहरु इंटरनेटमा हिंदीको उपयोग गर्ने छन । २०२५ सम्म ९ देखि ७ करोडले डिजिटल पेमेंटका लागि हिंदीको उपयोग गर्नेछन जबकी २०१६ मा यो संख्इ २.२ करोड मात्र थियो । सरकारी कामकाजका लागि २०१६ मा २.४ करोडलेÞ हिंदीको प्रयोग गर्दथे जो २०२५ सम्म १०.९ करोड पुग्ने प्रक्षेपण गरिएको छ जो हिन्दी भाषाको बढ्दो शक्ति हुने छ ।’

सो अवसरमा आईआईएमसीका उप–महानिदेशक डा. निमिष रुस्तगी, डीन (एकेडेमिक) प्रो. गोविंद सिंह, उत्तरी क्षेत्रीय कार्यान्वयन कार्यालय, राजभाषा विभागका उप निर्देशक (राजभाषा) कुमार पाल शर्मा, नराकासका सदस्य सचिव डा. पवन कौंडल एवं सहायक निर्देशक (राजभाषा) अंकुर विजय वर्गीय सहित ७६ सदस्य कार्यालयका कार्यालय प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेष्ठ नागरिक मिलन केन्द्रका लागि सहयोग जुट्दै

१३ असार २०८०, बुधबार १२:३७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १२ मा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्रका लागि जनस्तरबाट सहयोग उठ्न थालेको छ । करिब डेढ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि जनस्तरबाट सहयोग संकलन हुने क्रम बढेको छ । मंगलबार थप दुई लाख बढी सहयोग संकलन भएको छ । १२ […]