मेयर राणाद्वारा स्वास्थ्यकर्मीको प्रशंसा

सदरलाइन संवाददाता २८ आश्विन २०७७, बुधबार १७:०६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरुको आ.व. २०७६/७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधवार सम्बोधन गर्दै उनले स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा उत्कृष्ट काम गरेको बताए । उनले कोरोनासँगै अन्य रोगहरु फैलिन नदिनका लागि तयारी अवस्थामा रहन आग्रह गरे ।


प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलगायतले विगतका त्रुटी सच्चाउँदै भविष्यको बाटो देखाउने गरि समीक्षा गर्न सुझाव दिए ।

कार्यक्रममा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले विगतको कार्यक्रमको उपलब्धी र त्रुटीमा छलफल भई तथ्यमा आधारित भई आगामी योजना बनाउने उद्देश्यले समीक्षा गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

Next Post

सवारी साधन व्यवस्थितरुपमा सञ्चालन गर्न माग

२८ आश्विन २०७७, बुधबार १७:०६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकास्थित बसपार्क रोडका व्यवसायीहरू आन्दोलित भएका छन् । शहरमा चल्ने सार्वजनिक सवारी साधन व्यवस्थित गर्नुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरूले बुधवार नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा धर्ना दिएका छन् । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्थापनका लागि असोज २२ गते बुझाएको ज्ञापनपत्रका बिषयमा सुनुवाइ नभएको बिरोधमा उनीहरूले उपमहानगरपालिका […]