आन्तरिक राजस्व कार्यालय नेपालगन्जको लक्ष सजिलै पुरा हुँदै

२६ पुष २०७३, मंगलवार ०३:१७
 

सदरलाइनडटकम  
२६ पुस, नेपालगन्ज : आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तोकिएको लक्ष सजिलै पुरा गर्ने जनाएको छ । कार्यालयका प्रमुख कर अधिकृत नारायण सुवेदीले राजस्व विभागले कार्यालयलाई चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्व ९ करोड ८ लाख राजस्व उठाउने लक्ष दिएको बताए ।
उनले पुसको १६ गतेसम्म कार्यालयले ९९ करोड २७ लाख ९८ हजार राजस्व उठाई सकेको जानकारी दिदै भने–‘बिभागले तोकेको पुस मसान्तसम्मको लक्ष सजिलै पुरा हुने देखिएको छ । पुस महिना अग्रीम आयकरको पहिलो किस्ता बुझाउने महिना समेत भएकोले बाँकी राजस्व पनि सजिलै उठ्नेमा हामी विश्वस्त छौ ।’
आन्तरिक राजस्व कार्यालय नेपालगन्जले भेरी र कर्णालीका १० जिल्लामा आयकर, घरबाहाल कर, व्याजकर, मूल्य अभिबृद्धि कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर र अन्तशुल्क कर गरी विभिन्न ७ प्रकारका कर उठाउने गरेको छ ।
प्रमुख कर अधिकृत सुवेदीले विभागले कार्यालयलाई तोकेको मंसिर महिनामा लक्षको १ सय २९ दशमलभ ६७ प्रतिशतले राजस्व उठाउन सफल भएको बताए । विभागले ७२ करोड १३ लाख ८८ हजार लक्ष तोकेकोमा ९३ करोड ५४ लाख ३६ हजार राजस्व उठाउन सफल भएको छ ।
मंसिर महिनामा आयकर १ सय ४८ दशमलभ २४, घर बाहाल कर ९३ दशमलभ २६, व्याजकर ६८ दशमलभ ६४, मुल्य अभिबृद्धि कर, १ सय ११ दशमलभ ९५, अन्तशुल्क १ सय ५४, स्वास्थ्य सेवा कर ५८ दशमलभ ४७ र शिक्षा सेवा कर ५२ दशमलभ ४७ प्रतिशत राजस्व उठ्दा समग्रमा मंसिर महिनामा १ सय २९ दशमलभ ६७ प्रतिशतले राजस्व उठेको हो ।
यसैगरी पुस महिनालाई ३६ करोड ९५ लाख ६ हजार लक्ष तोकेकोमा पुस १६ गतेसम्म ५ करोड ७३ लाख ६२ हजार राजस्व उठेको कार्यालयले जनाएको छ । ‘पुस महिना अग्रीम आयकरको पहिलो किस्ता बुझाउने महिना भएकोले पनि यो लक्ष सजिलै पुरा हुने देखिएको छ’–प्रमुख कर अधिकृत सुवेदीले भने ।
आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा आयकर, मूल्य अभिबृद्धि कर र अन्तशुल्कमा हरेक महिना लक्ष भन्दा बढि उठ्ने गरेको पाईएको छ । घरबाहाल कर, व्याज कर, स्वास्थ्य र शिक्षा सेवा कर असार मसान्तमा मात्रै पुरै उठ्ने तर, मसिक लक्षमा नउठे पनि सालको अन्त्यमा जम्मा हुने गरेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकासमा पछि परेको नेपालगन्ज

२६ पुष २०७३, मंगलवार ०३:१७
कमल डाँगी / सदरलाइन    २६ पुस, नेपालगन्ज : पश्चिम नेपालमा सबैभन्दा पहिला शहर बसालेको ठाउ“मा रुपमा लिइन्छ, नेपालगन्जलाई । अंग्रेजसंगको युद्धमा पराजित भएपछि नेपालले तराई क्षेत्रको अधिकांश भूमि गुमाएको थियो । जंगबहादुर राणा श्री ३ महाराज भएपछि भारतको लखनउमा अंगे्रजविरुद्ध उठेको विद्रोह (सन् १८५७) दबाउन विशेष सहयोग गरे वबापत […]