२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

मदन भण्डारी फाउण्डेशन बाँकेद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान



सदरलाइनडटकम , img_0019      
१६ मंसिर, नेपालगन्ज : मदन भण्डारी फाउण्डेशन बाँकेले विभिन्न क्षेत्रमा रहेर योगदान दिएका विभिन्न व्यक्तिहरुलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यमा तथा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष उषा किरण भण्डारीको विषेश उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो सम्मान कार्यक्रममा बोल्दै नेता पोखे्रेलले नेपालको विकास र समृद्धिको लागि एमाले मात्रै सच्चा पार्टी भएको दावी गरे । उनले ५ नम्बर प्रदेश टुक्राउने सरकारी कदमलाई राष्ट्रघाती भएको आरोप लगाए । बिदेशी इशारामा सरकारले ५ नम्बर प्रदेश टुक्राएको दाबी गर्दै भने–‘बिबाद नै नभएको जिल्ला अलग गर्नुको अर्को कुनै उदेश्य छ भने भन्नुहोस् । यो बिदेशी  डिजाइनमा तयार गरिएको संशोधन प्रस्ताव हो ।’ एमाले नेता पोख्रेलले कुनै हालतमा ५ नम्बर प्रदेश अलग गर्न नदिने बताए । ५ नम्बर प्रदेशको एकता देशको एकतासंग जोडिएको उनले बताए ।

img_0044
फाउण्डेशनकी केन्द्रीय अध्यक्ष उषा किरण भण्डारीले मदन भण्डारीले प्रतिपादित गरेको जवजको माध्यमबाट मुलुकको विकास गर्नुको लागि राम्रो प्लेटफर्म भएको औल्याईन ।
सो कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो योगदान दिएका विभिन्न व्यक्तितवहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा खेलकुदबाट रतन टंडन, व्यावसायि अजय गुप्ता, प्राध्यापक बखतबहादुर मल्ल, अधिकारकर्मी रुबि खाँन, संस्थापक अध्यक्ष निरक गुरुङ्ग, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपति, साहित्यकार सागर गैरेलगायतलाई सम्मान गरिएको थियो ।
फाउण्डेशन बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य दामोदर अर्याल, संसद देव राजभार, एमाले बाँकेका पूर्व अध्यक्ष नन्दलाल रोकाय लगायतले सम्बोधन गरेका थिए ।

img_0068

img_0035

img_0057

img_0028

img_0050

img_0020

प्रकाशित मिति : २०७३ मंसिर १६ गते बिहीबार
ताजा समाचार