सदरलाइनडटकम 
६ असोज, नेपालगन्ज : स्थानीय तह निर्धारण गर्दा हिरमिनिया गाविसलाई नेपालगन्ज उप–महानगरपालिकामा राखेको विरोधमा स्थानीय सबै राजनैतिक दलले राजिनामा दिदै राजनीतिक दव बिहिन गाविस बनाउने घोषण गरेका छन् ।
बाँकेका राजनैतिक दलहरुले हिरमिनियाका स्थानीयबासीसँग कुनै राय सल्लाह र छलफलनै नगरी गाविसलाई नगरमा गाभि स्थानीय निकाय बनाउने गरी गरेको निर्णयको बिरोधमा सबै पार्टीका स्थानीय प्रतिनिधिले राजिनामा निर्णय गरेका हुन ।
हिरमिनिया गाविसलाई गाउँपालिका बनाउने माग ५ दिनभित्र पूरा नभए आफूहरु पनि हिरमिनियाबासी भएकाले स्थानीयको चाहना र आकाँक्षा भन्दा बाहिर जान नसकिने भन्दै बिभिन्न रानीतिक दलका स्थानीय पदाधिकारी, प्रतिनिधि, सदस्य, कार्यकर्ता लगायतले संयुक्तरुपमा राजिनामा दिने घेषणा गरेका छन् ।
गाविसमा दर्जनबढी दलका प्रतिनिधित्व गर्ने कार्यकर्ताले राजिनामा दिने घोषणापत्र आ–आफ्नो पार्टी कार्यालयमा बुझाएका छन् भने हिरमिनियालाई गाउँपालिकामा राख्नका लागि पुनः विचार गरी निर्णय गर्न जिल्लास्थित नेतृत्व तहलाई आग्रह समेत गरेका छन् ।
काँग्रेसका क्षेत्रीय सदस्य गुलाव सिंह ठाकुर, गाउँ कमिटि सचिव धर्मराज यादव, राप्रपाका अध्यक्ष लल्लनप्रसाद पाण्डे, नेकपा एमालेका निरन्जन सिंह सोडी, राधेश्याम मुराउले संयुक्तरुपमा राजिनामाको घोषणा गरे ।
यस्तै राप्रपा नेपालका रामधनी यादव, बिनोद कुमार मौर्य, पवन कुमार मौर्य, माओबादी केन्द्रका कमलाप्रसाद यादव, तमलोपाका मोहनराम मिश्र, फोरम लोकतान्त्रिकका नेतराम मुराउ, शिवसेना नेपालका सहदेव लोनिया, अर्जुन सिंह, सदभावना पार्टीका जवाहिर सिंहलगायतले राजिनामा दिने घोषणा गरेका छन् ।
स्थानीय स्तरमा भएको सर्बदलिय सर्बपक्षीय र हिरमिनियाबासीको भेलाले हिरमिनियालाई गाउँपालिकामा राख्नुपर्ने माग गर्दै आएको छ । स्थानीयले हिरमिनियालाई गाउँपालिकाबाट छुट्टयाउन खोजिए शसक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
यसैविच हिरमिनियालाई गाउँपालिका बनाउनु पर्ने माग गर्दै गत ४ गतेदेखि गाविस कार्यालयमा गरिएको तालाबन्दी जारी छ । बाँकेका राजनैतिक दलले हिरमिनियालाई नगरपालिकामा गाभिने गरी गरेको निर्णयविरुद्ध तालाबन्दी गरिएको हिरमिनिया गाउँपालिका निर्माण संघर्ष समितिका प्रवक्ता मोहनराम मिश्रले बताए ।
उनले माग पुरा नहुँदासम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताए । उता आन्दोलनका कार्यक्रम अन्तर्गत संघर्ष समितिले शुक्रबार हिरमिनियामा अन्तरक्रिया गर्न लागेको छ । विभिन्न राजनैतिक दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार तथा सरोकारवाला निकाय विच अन्तरक्रिया गरिन लागिएको प्रवक्ता मिश्रले जानकारी दिए ।
प्रकाशित मिति : २०७३ असोज ६ गते बिहीबार





प्रतिक्रिया दिनुहोस्