२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

स्वास्थ्य क्षेत्रलाई जनमैत्री बनाउन स्वास्थ्यमन्त्री थापाको निर्देशन



सदरलाइनडटकम    14483715_1284573341576738_959604124_n  
१२ असोज, नेपालगन्ज : स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई जनमैत्री र जनताको पुहँचमा हुने गरी काम गर्न निर्देशन दिएका छन् । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा क्षेत्रीय प्रयोगशालाको शुभारम्भ गर्दै उनले स्वास्थ्य सेवालाई प्रभावकारी संगै जनमैत्री बनाउन आजको आवश्यकता रहेकौ औल्याए ।
क्षेत्रीय प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री थापाले भने–‘पुरानो ढर्राबाट अब स्वास्थ्य क्षेत्रमा परिवर्तन नआउने भएकोले नयाँ ढंगबाट स्वाथ्य सेवा प्रदान गर्न लाग्नुपर्छ ।’ उनले उपलब्धी कति भयो भन्दा पनि उपलब्धीका बाधक के हुन त्यसका बारेमा अस्पताल प्रमुखले जानकारी गराउदा आगामी बजेट बनाउन सहज हुने बताए ।
नेपालगन्जमा नै आयोजना गरेको क्षेत्रीय स्वास्थ्य कार्याशालालाई सम्वोधन गरेर लगत्तै खजुरास्थित निर्माणाधिन अवस्थाको क्यान्सर अस्पतालको निरीक्षण पनि गरेका थिए । क्यान्सर अस्पतालले दुई महिना अघिदेखि ओपिडि सेवा दिदै आएको छ ।
बुधबार नै बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा मन्त्री थापालाई ५१ किलोको मालाले स्वागत गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने–‘स्वास्थ्य क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउने तर आप्mनो दायित्व पूरा नगर्ने प्रवृत्ति स्वास्थ्यकर्मीमा रहेकोमा अवका दिनमा त्यो प्रबृत्ति सुधार्नु जरुरी छ ।’
उनले यो वर्षदेखि अनुगमनलाई पनि प्रभावकारी बनाउने धारणा राखे । स्वास्थ्यको बजेट हिनामिना गर्नु वा खर्च गर्न नसकेर फ्रिज हुनु दुबै अख्तियार दुरुपयोग भएको उनको भनाई थियो । उपलब्ध बजेटको जिम्मेवारी पूर्वक जवाफदेही भएर सदुपयोग गर्नुपर्नेमा मन्त्री थापाले जोड दिए ।

14483491_1284573178243421_2037393825_n

प्रकाशित मिति : २०७३ असोज १२ गते बुधबार
ताजा समाचार