२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

पोषाकको कारण विद्यालयबाट बालिका घर फर्काईयो



रुद्र सुवेदी/सदरलाइनडटकम DSC08305 copy  
२४ साउन, नेपालगन्ज : बाँकेका केही संस्थागत विद्यालयमा अध्ययनरत बालिकालाई पोषाकको कारण ती विद्यालयहरुले पढाईबाट बञ्चित गरेको गुनासो अभिभावकबाट आएको छ । बाँकेमा मुस्लिम समुदायका बालिकाको लागि विद्यालयले तोकेको पोषाक अनुसार रंङ्गको कुर्ता र सुरवाल लगाएर विद्यालय जाँदा आफ्ना बालिकालाई विद्यालयले विद्यालयमा प्रवेश नै नदिएपछि सो गुनासो आएको हो ।
नेपालगन्जको सल्यानी बंगलामा रहेको गोल्डेन एविसि माविमा कक्षा ७ मा अध्ययनरत मैयसा अन्सारीले सोमबार विद्यालयको तोकेको पोषाक नलगाएकै कसुरमा विद्यालयमा प्रवेश पाईनन । उनीसंगै कक्षा ७ मै अध्ययनरत सना शहजादी र सानियाँ खानले पनि सोही कसुरमा विद्यालय प्रवेश पाएनन् ।
‘विद्यालयले फ्रक कमेज मात्र लगाउन पाउने भनेको छ । हाम्रो समुदायका बालिकाहरु यो कपडाको साटो कुर्ता सुरवाल लगाएर जाँदा विद्यालयले आफ्नो रिपोटेशन खराव हुने भन्दै विद्यार्थीलाई नै कक्षामा रोक लगाउनु कहाँको न्याय हो’– मैयशाका पिता हाजी मोहम्मद अनीश अन्सारीले भने ।
उनले मुस्लिम समुदायले आफ्ना बालबालिका थोरैमात्रामा विद्यालय पठाउने कारण विद्यालयमा आफ्ना बालबालिकाको सुरक्षा तथा अन्य अनुशासनको बारेमा समुदायको विश्वास नहुने कारण पछिल्लो समयमा निजि विद्यालयमा पठाउने गरेकोमा पनि निजि विद्यालयले आफुहरुको शोशण मात्र गरेको आरोप लगाए ।DSC08300 copy
उनले बालबालिकालाई शिक्षा दिनु अभिभावकको कर्तव्य भएपनि अनुशासन र आफ्नो संस्कृतिलाई जर्गेना गर्दै लैजान सिकाउने भएकोले समुदायले बालबालिका पढाउन थालेको हो तर, विद्यालयले गुणस्तरीय शिक्षा दिनुको साटो पोषाकमा नै आफ्नो रिपोटिशन गएको देख्नु मुस्लिम समुदाय प्रतिको हेयको भावना भएको उनको दावी छ ।
उनले विद्यालय स्थापना गर्दा घरदैलोमा पुगेर विद्यालय प्रशाशनले बालिका ठूलो भएपछि समुदायको माग अनुसारको पोषाक लागू गर्ने भनिए पनि अहिले लागू गर्नेबेलामा विभिन्न कारण देखाउदै शिक्षा लिन पाउने अधिकारबाट बञ्चित गरेको आरोप लगाए । उनले सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्याको ६० प्रतिशत विद्यार्थी मुस्लिम समुदायका रहेको भए पनि पटक–पटक आफुहरुले विद्यालय प्रशासनलाई पोषाकको बारेमा भन्दा पनि गुणस्तरीय शिक्षा दिनको लागि आग्रह गर्दा पनि आफुहरुको आग्रह लत्याईएको गुनासो गरे ।
गोल्डेन एबिसी माविका प्रबन्धक विकास ढकालले विद्यालय सञ्चालक समितिले तोकेको पोषाक बाहेक अन्य लगाउनेलाई विद्यालय प्रवेशमा रोक लगाउने गरेको बताए । उनले भने–‘हाम्रो विद्यालयमा पढ्ने हो भने विद्यालयले तोकेको पोषाक लगाउनु पर्छ । नलगाउने विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाईने छ ।’ DEO=BANKE copy
उनले विद्यालयमा अध्ययन गर्ने मुस्लिम बालिकालाई कुर्तासुरवाल लगाउन स्वीकृति दिएमा अन्य जाति र समुदायकाले पनि आ–आफ्नो जातिय पहिचानको पोषाक लगाउदा विद्यालयको छवि बिग्रने भएकोले पोषाकमा कुनै फेरबदल नहुने तर्क अघि सारे । उनले मौलना मन्सुरसंग भएको कुराकानीमा कक्षा ८, ९ र १० बा बालिकालाई मात्र बालिकालाई सुरवाल कुर्ता लगाउन दिने सहमति भएकोमा कक्षा ६ र ७ का बालिकाले पनि कुर्ता सुरवाल नै लगाएर आएपछि फर्र्र्काइएको बताए । उनले भने–‘यसबारे विद्यालयलाई निर्देशन गर्दै जिल्ला शिक्षाको पोषाकको बारेमा बन्देज नलगाउने पत्र आएको छ. अव आपत्ती छैन ।’
नेपालगन्जमा ठूलो संख्यामा मुस्लिम समुदायका बालिकाहरु विद्यालयको पोषाकको कारण पढाई छोडेर घरमै बस्नु परेको सञ्चारकर्मी तथा मुस्लिम अगुवा हाजी शकील अहमद कादरी बताउछन् ।
यसैबीच जिल्ला शिक्षा कार्यालय बाँकेले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय सबैमा समुदायका बालिबालिकाले लगाउन मिल्ने गरी पोशाकको व्यवस्था गर्नको लागि निर्देशनात्मक परिपत्र गरेको छ । सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुुर थापाले हस्ताक्षर गरेको पत्रमा मदरसा स्लामियाँ संघ काठमाण्डौले विद्यालयले तोकेको सर्ट मिडी लगाउन असहज भएकोले समुदायको माग अनुसारको कुर्ता सुरवाल लागाउन पाउने व्यवस्था मिलाउन भनिएको छ ।

प्रकाशित मिति : २०७३ साउन २४ गते सोमबार
ताजा समाचार