२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका क्षेत्रीय संयोजक योगी सम्मानित



IMG_8534 copy सदरलाइनडटकम
२६ साउन, नेपालगन्जः समाजमा सामाजिक सदभाव कायम गर्न उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका क्षेत्रीय संयोजक बागेश्वरी मन्दीर नेपालगन्जका मुल महन्त चन्द्रनाथ योगी नेपाल सरकारबाट सम्मानित भएका छन् ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रायलले उनलाई समाजमा अन्तरधार्मिक सद्भाव शान्ति र मेलमिलाप अभिबृद्धि गर्न योगदान पु¥याए वापत गत असार २७ गते नै मन्त्रालयमा सम्मान गर्ने कार्यक्रम रहेको भए पनि संयोजक योगी धार्मिक भ्रमणमा रहेकोले स्थानीय शान्ति समिति बाँके मार्फत मंगलबार एक कार्यक्रमका बीचमा हस्तान्त्रण गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले एक कार्यक्रमका बीचमा योगीलाई सो सम्मान पत्र हस्तान्त्रण गरेका थिए । उनले सो अवसरमा बाँकेमा गठन भएको अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिले स्थानीय स्तरमा विशेष गरी समाजमा शान्ति कायम गर्नIMG_8536 copyको लागि अतुलनिय भूमिका निर्वाह गरेको बताए ।
उनले भने–‘विभिन्न खाले सामाजिक घटनालाई प्रशासनले मात्र छिनोफानो गर्दा समाजमा वितृष्णा फैलनसक्ने साथै विभिन्न समुदायबीचमा बिबादहरुलाई प्रशरी प्रशासनले मात्रै टुंगो लगाउन नसकेको अवस्थामा धर्मगुरुहरु स्वस्फूर्त समाजमा शन्ति र भाईचाराको कुरा लिएर आईदिदा धेरै सहज हुने गरेको छ ।’
सो अवसरमा सम्मानित व्यक्तित्व योगिले समाज सबै जात जाति धर्म र सम्प्रदायबाट नै निर्माण हुने भएकोले समाजका सबै कडिलाई जोड्नको लागि आफ्नो एकल प्रयासले मात्र केही नहुने भएकोले सबैको सहयोग र शुभेच्छाबाट यो सम्मान प्राप्त भएको भन्ने रुपमा आफुले लिएको बताए ।
उनले भने–‘म यो सम्मान सबै धर्मगुरुको बीचमा बाँड्न चाहान्छु । अहिले नै म यो मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीलाई दिन चाहान्छु ।’ उनले आफुहरु रहदा सम्म कुनै पनि धार्मिक तथा संस्कृतिक विखण्डनको सोचमा रहेका तत्वबाट समाजलाई जोगाउन प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय शान्ति समितिका संंयोजक तेजबिक्रम शाहको अध्यक्षता सदस्य गशेण रेग्मीको स्वागत तथा एकमाया विकको सहजिकरणमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकप्रसाद राई, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी, सिख धर्मका गुरु दलजित सिंह लगायतले शुभकामना व्यक्त गरेका थिए । IMG_8507 copy IMG_8519 copy IMG_8520 copy IMG_8529 copy

प्रकाशित मिति : २०७३ साउन २६ गते बुधबार
ताजा समाचार