२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

‘प्रकाश मानव अधिकार पुरस्कार–२०७२’ बाट नेपालगन्जका मौलाना जव्वार मन्जरी पुरस्कृत



सदरलाइनडटकम, j4 copy
१६ साउन नेपालगन्ज : ईन्सेकद्वारा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार–२०७२’ बाँके नेपालगन्जका मौलाना जव्वार मन्जरीलाई प्रदान गरिएको छ । २४ औं प्रकाश स्मृति दिवसको अवसरमा इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जले आईतबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी मौलाना मन्जरीलाई नगद ५० हजार सहित पुरस्कृत गरेको हो ।
मन्जरीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुप राज शर्माले सम्मानपत्र तथा नगद सहित पुरस्कार प्रदान गरेका थिए ।पुरस्कार वितरण समारोह कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष शर्माले मानव अधिकार कै लागि खटिने अभियन्तालाई वितरण गर्ने ठूलो राशि भएको पुरस्कार बाँकेका मौलानाले पाउनु नै देशमा सामाजिक सदभावलाई कायम राख्न सफल भएको बताए ।j2 copy
उनले धर्म सम्पदालाई अभियानकै रुपमा विशेष योगदान पु¥याएका मौलाना जस्ता व्यक्ति नेपाल मै कमै पाउने बताए । कुनै पनि धर्मले अरुको धर्मप्रति रिस राग नगर्ने तर, कहि कतै अन्तर धार्मिकका बीचमा कुनै तकराव आएमा इस्लामका धर्मगूरु मौलानाले धार्मिक सदभाव कायम गर्न ठूलो भुमिका खेलेको प्रति आभार व्यक्त गरे । उनले भने–‘यो सम्मानले बाँकेवासीको बीचमा रहेको परस्पर सम्बन्ध र सामाजिक सद्भावको जिल्ला भनेर पहिचान बनाउन सफल भएको छ ।’j3 copy
इन्सेकका केन्द्रीय अध्यक्ष सुवोधराज प्याकुरेलले यो पुरस्कार मार्फत इन्सेकको पनि सोभा बढेको बताए । सामाजिक क्षेत्रमा बहुआयमिक योगदान पु¥याएको मौलाना मन्जरीलाई सम्मान दिन पाउनु नै इन्सेकको प्रतिष्ठा र आम मानव अधिकारको सोभा बढ्नु सरह भएको अध्यक्ष प्याकुरेलको भनाई थियो । सम्मानित व्यक्ति मन्जरीले यो पुरस्कार मेरो नभएर आम बाँके बासीको भएको जिकिर गरे । ‘सामाजिक सदभावको शहर भनेर परिचित गराउनु मेरो मात्रै भुमिका छै्रन यहाँ आम समुदायको भूमिका उत्तिकै छ’–उनले भने । जातिय सदभाव, धार्मिक सदभाव कायम गरेको भन्दै मौलाना मन्जरीलाई इन्सेकले सम्मान गरेको हो ।
प्रकाश काफ्ले २०५९ साल साउन १६ गते जहाज दुर्घटनमा पर्नुभएको थियो । श्रीलंकाबाट फर्किने क्रममा नेपालमा आवतरण गरिरहेका हवाईजहाज दुर्घटनामा उनको देहवाशन भएको थियो । इन्सेकका संस्थापक महासचिव समेत रहेका प्रकाश काफ्ले विभिन्न संघसंस्थाका संस्थापक भएर काम गरेका थिए ।
j1 copy  इराकमा १२ जना नेपालीको हत्यापछि नेपालका विभिन्न ठाउँमा जातिय द्वन्द्व मच्चिएको थियो र बाँकेमा जातिय द्वन्द्व हुनबाट बचाउन ठूलो भुमिका खेलेका मौलाना मन्जरीलाई आईतबार सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७३ साउन १६ गते आइतबार
ताजा समाचार