विपद्बाट हुने क्षती कम गर्नका लागि हदैसम्मको पूर्वतयारी

२० असार २०७३, सोमबार १४:४२
 

rAPTI! सपना विष्ट/सदरलाइनडटकम
२० असार, नेपालगन्ज : बाँकेमा विपद्बाट हुने क्षती जतिसक्यो कम गर्नका लागि हदैसम्मको पूर्वतयारी अपनाइएको सम्वद्ध सराकोरवालाहरुले दावी गरेका छन् ।
जिल्ला दैवी प्रकोप उद्दार समितिले नेपालगन्जमा सोमबार आयोजना गरेको मनसुन पूर्व तयारी कार्यशाला गोष्ठीमा बिपद्का क्षेत्रका काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पूर्वतयारीका कार्यक्रमलाई चुस्तदुरुस्त राखिएको दावी गरेका हुन् ।
समन्वय, खोज र उद्दार तथा आपत्कालीन राहतका सामग्रीहरु तयारी अवस्थामा राखिएको जानकारी दिँदै जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले प्राकृतिक विपद्लाई रोक्न नसकिने भए पनि योबाट हुने क्षती घटाउन हरसम्भव प्रयास गरिएको वताए ।
कार्यक्रममा नेपाली सेनाले बाढीबाट जोगिन तथा बाढी आईहालेमा उद्दारको लागि आवश्यक सरसामान सहित खटिने गरी आफ्नो तयारी पुरागरी सकेको रुद्रध्वज गणका गणपती अशोक चन्दले जानकारी दिए ।
यसैगरी दैविप्रकोको बेला तत्काल खटाउन मिल्ने गरी २४ सै घण्टा उद्दारका उपकरण सहित विभिन्न दर्जाका १ सय ९९ जना प्रहरीलाई तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक टेक प्रसाद राईले जानकारी दिए ।
सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरिक्षक नेत्र खत्रीले दैवि प्रकोपका लागि आफ्नो टोली २ सय ९५ जना विषेश तालिम लिएका र जतिबेला पनि उद्दारको लागि खटाउन मिल्नेगरी तयारी अवस्थामाrap1 रहेको जानकारी दिए । उनले ती मध्य ५० जना रेक्यु कार्यमा सहभागि हुने मध्य गोताखोरीदेखि अन्य तालिम पाएका सशस्त्र प्रहरीहरु तयारी अवस्थामा रहेको बताए ।
जिल्ला विकास समिति बाँकेका सूचना अधिकृत सरद पौडेलले आपतकालिन अवस्थामा प्रयोग गर्नको लागि बाँकेको राप्तीपारी गंगापुरमा ३ सयस परिवारको लागि ३ दिनसम्मको लागि पुग्ने गरी खाद्यान्न किनेर भण्डारण गरि सकिएको जानकारी दिए । उनले राप्ती वारी पनि कुनै आपतकालिन प्रकोप आईहाले पनि जिविस तयारी अवस्थामै रहेको जानकारी दिए ।
जिल्ला रेडक्रस कार्यालय बाँकेका तर्फबाट कार्र्यक्रम संयोजक निरञ्जना मल्लले राप्तीपारी प्रकोपको बेलामा आवश्यक ननफुड आईटम भण्डारण गरेको तथा समुदाय स्तरमा पनि क्षति न्यूनिकरणको लागि आवश्यक सचेतना कार्यक्रम सञ्चालन गरेको बताईन ।
सो अवसरमा जिल्ला कृषि, जिल्ला जनस्वास्थ्य, महिला तथा बालबालिका कार्यालय लगायतका विभिन्न कलस्टरका तर्फबाट विपद्सँग जुध्न आफूहरुले गरेको तयारीको बारेमा जनाकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टा सिंचाईको नहर लिकेजका कारण नहर भत्केको प्रारम्भिक अनुमान

२० असार २०७३, सोमबार १४:४२
सदरलाइनडटकम, २१ असार, नेपालगन्ज : नहर परिक्षणको बेलामा भएको लिकेजका कारण सिक्टाको नहर भत्किएको आयोजनाले प्रारम्भिक अनुमान गरेको छ । ५० क्युमेक्स क्षमताको नहर परिक्षणका क्रममा २६ किलोमिटर खण्डको झिझरी खोलाछेउ करिव १५ मिटर नहर भत्किएको थियो । सिक्टा सिंचाईं आयोजना नेपालगन्जले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो हुनुको कारणका […]