सिक्टा सिंचाईको नहर लिकेजका कारण नहर भत्केको प्रारम्भिक अनुमान

२१ असार २०७३, मंगलवार १०:५१
 

सदरलाइनडटकम,
२१ असार, नेपालगन्ज : नहर परिक्षणको बेलामा भएको लिकेजका कारण सिक्टाको नहर भत्किएको आयोजनाले प्रारम्भिक अनुमान गरेको छ ।
५० क्युमेक्स क्षमताको नहर परिक्षणका क्रममा २६ किलोमिटर खण्डको झिझरी खोलाछेउ करिव १५ मिटर नहर भत्किएको थियो ।
सिक्टा सिंचाईं आयोजना नेपालगन्जले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी सो हुनुको कारणका बारेमा जनाकारी दिएको छ । ‘लाइनिङको ज्वाइन्ट र प्वालबाट पानी चुहिएका कारण नहर भत्किएको हाम्रो प्रारम्भिक अनुमान रहेको छ’–आयोजना प्रमुख सरोज पण्डितले भने ।  उनले आयोजनाले निर्माण गरेको करिव IMG_7164३४ किलोमिटर नहर परिक्षणको क्रममा भएको घटनाले आयोजनालाई अझ गम्भीर बनाएको बताउदै निर्माण भईसकेको नहरमा देखिएको लिंकेज तथा त्रुटी सच्याउनको लागि ठेकेदार कम्पनी र आयोजना सचेत भएको उल्लेख गरे । उनले भने–‘डिजाईन र गुणस्तरको कारण नभई काम गर्दै जाँदा केही त्रुटी भएको छ । जसका कारण पानीको लिकेज भयो । अवको निर्माण हुने ठाँउमा यस घटनाले सिकाई भएको छ ।’   उनले ठेकेदार कम्पनीले आयोजनाले दिएको डिजाइन र तोकेको गुणस्तर अनुसार नै काम गरेको तथा सामग्री पनि गुणस्तर नै प्रयोग गरेको दावी गर्दै नहर निर्माणका क्रममा आवश्यक ध्यान नदिँदा नहरको केही खण्ड भत्किएको IMG_7154वताए तर, उनले कसले ध्यान दिएन त्यो बारे भने स्पष्टपार्न सकेनन् ।
निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका निर्देशक युवराज क्षेत्रीले आयोजनाको डिजाइनका र निर्देशनका आधारमा आफुहरुले काम गर्ने भएकोले सो अनुसार गरेको बताए । उनले भत्केको नहरको भाग पुनः निर्माण गर्ने जिम्मा पनि आफुहरु कै भएकोले पुनः निर्माण गर्दा पुनः डिजाईन गरी निर्माण गरिने जानकारी दिए ।
यसैबीच सो नहर भत्केपछि एमाले निकट युवासंघ बाँकेले नहरको स्थलगत अवलोकन गर्दै राष्ट्रको गौरवको रुपमा भएको आयोजनाको निर्माण गुणस्तरीय बनाउन आयोजनाको ध्यानाकर्षण गराएको छ । भने नेपाली काँग्रेस बाँकेले पनि स्थलगत अनुगमन गरी निर्माणलाई गुणस्तरिय बनाउन आग्रह गरेको छ ।
नहर भत्कनुको कारण पत्ता लगाउनको लागि सिंचाई विभागको एक टोलीले स्थलगत अनुगमन र अध्ययन गरी काठमाण्डौ फर्किएको छ । सो टोलीको अध्ययनले आयोजनाले निर्माण कम्पनीलाई दिइएको डिजाइन, प्रयोग गरिएको माटो र कच्चा पदार्थको अनुसन्धानपछि मात्र नहर भत्किनुको कारण खुल्नेगरी अध्ययन गरेको छ तर प्रतिवेदन सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा सामुहिक ईदको नमाज पढेर ईद मनाईदै (फोटो फीचरसहित)

२१ असार २०७३, मंगलवार १०:५१
रुद्र सुवेदी/सदरलाइनडटकम २३ असार, साउन : ईस्लाम धमाएवलम्बीहरुले रमदान महिनाभर एक महिनाको लामो उपबास (रोजा) पछि ईदगाहमा सामुहिक नमाज पढेर नेपालगन्जका ईस्लाम धर्मावलम्बीले ‘ईद–उल–फित्र’ ईद मनाउन सुरु गरेका छन्  । एक महिनाको कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाह मस्जिदमा विहान नौ बजे सामुहिक नमाज सुरु भएको थियो ।  ईस्लामीक धार्मिक […]