बाँकेमा बुधवार आठ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ८ भाद्र २०७९, बुधबार १५:१६
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १३ जनाको नमूना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३२९ पुगेको छ । यस्तै आज थप ३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९२१ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५५ जना रहेको वलीले बताए ।


एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५४ जना होमआइसमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेस बाँकेद्वारा तीज मिलन कार्यक्रम

८ भाद्र २०७९, बुधबार १५:१६
नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेले बुधवार नेपालगञ्जस्थित पार्टी कार्यालयमा तीज मिलन तथा दर कार्यक्रम गरेको छ । तीज मिलन तथा दर कार्यक्रमका संयोजक एवम् जिल्ला सहसचिव रेनु सिंह ठाकुरको सभापतित्वमा भएको तीज कार्यक्रममा सहभागी नेताहरुले हिन्दु नारीहरुको महान ठूलो पर्व तीजले एकता, सदभाव र सम्बृद्धि स्थापित गरोस् भन्ने शुभकामना दिएका […]