सनराइज बैंकद्वारा नरैनापुरमा झुल वितरण

१४ आश्विन २०७६, मंगलवार १३:४२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा डेंगुबाट जोगिन सचेतना कार्यक्रमसंगै झुल वितरण गरिएको छ । नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरका स्थानीयलाई डेंगुको संक्रमण र यसबाट जागिने उपायबारे जानकारीसंगै पचास विपन्न घरपरिवारलाई झुल वितरण गरिएको हो ।
सनराइज बैंकको १२औं बार्षिक उत्सबका अवसरमा नरैनापुरस्थित सनराइज बैंक शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको शाखा प्रबन्धका खडक प्रसाद देवकोटाले जानकारी दिए । स्थानीयहरुलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा अध्यक्ष मसुद अहमद शाह र शाखा प्रबन्धक देवकोटाले झुल वितरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्व सम्झेर गरेको सहयोगका लागि धन्यबाद दिँदै बैंकको प्रगतिका लागि शुभकामना ब्यक्त गरे । पछिल्लो समय डेंगुको संक्रमण फैलिरहेकाले सचेतना अपनाउन स्थानीयलाई आग्रह गर्दै उनले घर वरिपरि सफा राख्न र लामखुट्टेको टोकाईबाट बच्न आग्रह गरे ।

Next Post

बलात्कार आरोपपछि सभामुख महराद्वारा राजीनामा

१४ आश्विन २०७६, मंगलवार १३:४२
सदरलाइनडटकम, काठमाण्डौ : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो । महराले राजीनामा […]