२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

ढाईलाख घुससहित कोशेबाली कार्यालयका प्राविधिक अधिकृत अख्तियारको फन्दामा



Akhtiyar
सदरलाइनडटकम
३१ असार, नेपालगन्ज : ढाईलाख घुस सहित कोशेबाली अनुसंधान खजुरा बाँकेका प्राविधिक अधिकृत अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसंधान आयोग मध्यश्चिम क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरले कोसेबाली अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राबिधिक अधिकृत (ईञ्जिनियर) बिरेन्द्रकुमार यादवलाई दुईलाख ५० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको कोहलपुर कार्यालयका प्रमुख प्रहरी उपरिक्षक
दिपक थापाले दिएको जानकारी अनुसार शुक्रबार दिउसो करिव १ बजेतिर यादवलाई सो घुस रकम सहित उनकै कार्यालयबाट पक्राउ गरीएको थियो ।
नेपाल कृर्षि अनुसन्धान परिषद, काठमाण्डौं दरबन्दी भई कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेमा कार्यरत प्राबिधिक अधिकृत यादवले डिप बोरिङ्ग र विद्युत लाईन विस्तारको कामगर्ने सेवाग्राहीसंग बिल फच्र्यौट गरे बापत सो रकम माग गरेका थिए ।
एस्पी थापाले कृर्षि अनुसन्धान केन्द्र खजुरा र कोशेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको हाता भित्र कानुन बमोजिम टेण्डर भई दुबै कार्यालयका प्रमुख र निर्माण ब्याबसायीका बीचमा सम्झौता गरी पेश्की रकम समेत नलिई डिप बोरिङ्ग र बिद्युत लाईन बिस्तार गरी सम्झौता बमोजिमको कार्य सम्पन्न समेत गरी गत २५ गते अन्तिम बिल भुक्तानीको लागि निबेदन दिंदा भुक्तानी रोकेर सो रिश्वत मागेको बताए ।
उनले भने–‘व्यावसायीले आफुले काम सम्पन्न गर्दा पनि भुक्तानी लागि प्राबिधिक अधिकृत यादवले अनेक निहूँ पारी आलटाल गर्दै भुक्तानीका लागि दुई लाख पचास हजार घुस रकम माग गरेकोले निज उपर कारवाही गरी पाउँ भनि निवेदन आएपछि कारवाही अघिबढाईएको हो ।’
उनले आयोगको कोहलपुर कार्यालयबाट खटी गएको टोलीले निज प्राबिधिक अधिकृत यादवलाई घुसरिसवत रकम लिई साथमै राखेको अवस्थामा कोसेबाली अनुसन्धान केन्द्र खजुरा, बाँकेको कम्पाउण्डबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान शुरु गर्दै मुचुल्का उठाएको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालयको कोहलपुर सम्पर्क कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा १० वटा स्ट्रीङ्ग अपरेशन गरेको छ । भने अघिल्लो आर्थिक वर्षमा ११ वटा अपरेशन गरेको थियो ।
उनले भने–‘ अहिलेसम्म हामीले कोहलपुर कार्यालयबाट २१ वटा स्टीङ्ग अपरेशन गरी २३ जना राष्ट्रसेवक कर्मचारीलाई रिश्वत लिदै गर्दा रंगेहात समातेर कारवाही अघि बढाएका छौ । आज पक्राउ परेका यादव अहिले सम्मकै सबैभन्दा बढी २ लाख ५० हजार सहित पक्राउ गरेका छौं ।’

प्रकाशित मिति : २०७३ असार ३१ गते शुक्रबार
ताजा समाचार