रोचक

पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…

पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…

    प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो । पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा बुहारी हिमानी तथा छोरी प्रेरणा पनि छन् । ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो स
वडाध्यक्ष छाडेर शिक्षकको जागीर

वडाध्यक्ष छाडेर शिक्षकको जागीर

    प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       |
सदरलाइनडटकम, सल्यान : सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न लागेका छन् । सिद्धकुमाख गाउँपालिका ४ का वडाध्यक्ष दिनेशकुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक पेशामा लागेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकप
आफन्तबाटै भारतमा बेचिएकी बालिकाको उद्धार

आफन्तबाटै भारतमा बेचिएकी बालिकाको उद्धार

    प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : आफन्तबाटै भारतको वेश्यालयमा बेचिएकी एक नेपाली बालिकाको ८ वर्षपछि उद्धार भएको छ । पीडितको उजुरीपछि मानव बेचबिखन अपराध अनुसन्धान ब्युरोले नुवाकोटकी ५० वर्षीया सुनिता तामाङलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार २०६८ सालमा काठमाण्डौको एक होटलमा काम गरिरहेकी बालिकालाई सुनिताले गाउँमा लगेर पढाई दिने भन्दै नसालु पदार्थ खुवाएर भारत पुर्याएकी थिइन् । भारतमा लगेर सुनिताले ती बालिकाल
कर्णालीमा बालविवाहको भयावहस्थिती

कर्णालीमा बालविवाहको भयावहस्थिती

    प्रकाशित मितिः बिहिबार, अशोज ३०, २०७६       |
सदरलाइनडटकम, सुर्खेत : कर्णाली प्रदेशका आधाभन्दा बढी बालबालिकाको उमेर नपुग्दै विवाह हुने गरेको खुलासा भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, ५२ प्रतिशत बालविवाह हुने गरेको छ । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, ५२ प्रतिशत बालबालिकाको उमेर नपुग्दै बिहे भएको छ । अझ प्रदेशको रुकुम ९पश्चिम० र दैलेखमा सबैभन्दा बढी ७१ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । सबैभ
प्रेस पास नवीकरण गर्न राष्ट्रपति जिनपिङको विचारधाराबारे परीक्षा दिनुपर्ने

प्रेस पास नवीकरण गर्न राष्ट्रपति जिनपिङको विचारधाराबारे परीक्षा दिनुपर्ने

    प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : चिनियाँ पत्रकारहरुले राष्ट्रपति सी जिनपिङको विचारधाराका बारेमा एउटा परीक्षा पास गर्नुपर्ने भएको छ । चिनियाँ पत्रकारले राष्ट्रपति सीको समाजवादी विचारधाराका बारेमा आफ्नो ’पोजिसन’ के हो भन्ने कुराको परीक्षा पास गर्नुपर्ने छ । गएको महिना चिनियाँ सञ्चारमाध्यमलाई नियमन गर्ने संस्थाले राज्यका दर्जनभन्दा बढी समाचार संगठनलाई बेइजिङमा सूचना पठाएको थियो । यसले कर्मचारीहरुलाई ‘स्टडी
अवकाश प्राप्त व्यक्तिका नाममा समायोजन पत्र

अवकाश प्राप्त व्यक्तिका नाममा समायोजन पत्र

    प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६       |
सदरलाइनडटकम, गुल्मी : जिल्ला वन डिभिजन कार्यालय गुल्मीबाट गत बैशाखमा उमेर हदबन्दीका कारण अवकाश पाएका वन रक्षक चन्द्रबहादुर बस्नेतको नाममा समायोजन पत्र आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई संघमा समायोजन भएको पत्र पठाएको हो । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख बोधराज सुवेदीले भुलबस पत्र आएको बताए । उनले अवकास प्राप्त वन रक्षकका नाममा आएको समायोजन पत्र बारे केन्द्रमा जानकारी
सोह्र वर्षमै बिहेको माग गर्दै नेपालगञ्जमा जुलुश

सोह्र वर्षमै बिहेको माग गर्दै नेपालगञ्जमा जुलुश

    प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा जुलुश निकालिएको छ । बाँकेको जानकी गाउँपालिका–५ कैलासीका रामदेव मिश्रको अगुवाइमा बुधवार नेपालगञ्जको धम्बोझी चोकबाट जुलुश निस्केको हो । उनीहरुले १६ वर्षमा सन्तानको बिहे गर्न पाउनुपर्ने माग राख्दै नगर परिक्रमा गरेका हुन् । जुलुशमा महिलाहरु नाबालक सन्तानसहित आएका थिए । उनीहरुले नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय बा
वृद्धवृद्धालाई हवाई भाडामा पचास प्रतिशत छुट

वृद्धवृद्धालाई हवाई भाडामा पचास प्रतिशत छुट

    प्रकाशित मितिः सोमवार, भदौ ९, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन् । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सोमवार घोषणा गरेका हुन् । यो प्रबन्ध नेपाल वायुसेवा निगममा तत्काल लागु हुने र निजी क्षेत्रका हवाइसेवा कम्पनीहरुसँग पनि यस बारेमा परामर्श गरी कार्यान्वयन गराउन तत्काल पहल गरिने भएको बताइएको छ । मन्त्रालय
सोह्र वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा प्रदर्शन

सोह्र वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा प्रदर्शन

    प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै मंगलवार नेपालगञ्जमा चक्काजाम गरिएको छ । मधेशी समुदायका केही महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरे । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् । २० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जन
भारतद्वारा चन्द्रयान दुईको सफल प्रक्षेपण

भारतद्वारा चन्द्रयान दुईको सफल प्रक्षेपण

    प्रकाशित मितिः सोमवार, साउन ६, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतले सफलताका साथ चन्द्रयान–२ को प्रक्षेपण गरेको छ । चन्द्रमामा यान पठाउने महत्वाकांक्षी परियोजना अन्तरगत इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आइएसआरओ) ले निर्माण गरेको उक्त यान सोमवार दिउँसो ३ बजे आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो । गतसातानै गर्ने भनिएको उक्त प्रक्षेपण यानको इञ्जिनमा खराबी देखिएपछि एकसाताका लागि सारिएको थियो । आइएसआरओको कन्ट्रोल रुमबाट २