समाचार सारांश
- नेपालगञ्जका प्रमुख सडक, चोक तथा बजार क्षेत्रमा छाडा चौपायाको संख्या बढ्दा आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढेको छ।
- समस्या नियन्त्रण गर्न उपमहानगरपालिकाले अभियान चलाएर पछिल्लो १५ दिनमा १५० भन्दा बढी चौपायालाई कान्जिहाउस पुर्याएको जनाएको छ।
- बारम्बार नियन्त्रण अभियान सञ्चालन भए पनि छाडा चौपायाको संख्या घट्न नसक्दा दीर्घकालीन समाधानको चुनौती कायमै रहेको छ।

नेपालगञ्ज : छाडा चौपायाका कारण नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न सडक चोक र बजारमा आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।
पछिल्लो समय फेरि धम्बोझी चोक, सुर्खेत रोड, बीपी चोक, भेरी अस्पताल चोक, गणेशमान चोक, पुष्पलाल चोक, त्रिभुवन चोक तथा सदरलाइन क्षेत्रमा छाडा चौपायाको बिगबिगी बढेको पाईएको हो ।
छाडा चौपाया नियन्त्रणका लागि लामो समयदेखि माग र प्रयास गरिए पनि नगरवासीले यस समस्याबाट मुक्ति पाउन सकिएको छैन ।
यसैगरी, नागरिक अगुवा डा. विनोद कर्णले पनि नगरको व्यस्त बजार र चोकमा फेरि चौपायाको संख्या बढ्दै गएकाले नागरिकलाई आवागमनमा समस्या हुन थालेको बताए । उनले समस्या समाधानका लागि धेरैपटक प्रयास गरिए पनि सफलता नमिलेकोमा दुःख व्यक्त गरे ।

नगर क्षेत्रमा फेरि ठुलो संख्यामा छाडा चौपाया देखिन थालेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तिनलाई नियन्त्रणमा लिएर कान्जिहाउस पु¥याउने अभियान सुरु गरेको जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले छाडा चौपायाका कारण नगरका विभिन्न स्थानमा समस्या भएको गुनासो आएपछि नियन्त्रण अभियान फेरि सुरु गरिएको बताए ।
उनले पछिल्लो १५ दिनमा मात्रै नगरका विभिन्न स्थानबाट १५० भन्दा बढी छाडा चौपायालाई नियन्त्रणमा लिएर नेपालगञ्ज–२१ मा रहेको कान्जिहाउसमा पु¥याइएको बताए ।
बेलाबेलामा छाडा चौपायालाई सहरबाहिर रहेको कान्जिहाउसमा लगेर राख्दै आए पनि बजारमा छाडा चौपायाको संख्या घट्न नसकेकाले चिन्ता बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ ।


