‘उदन्त मार्तण्ड’ प्रकाशनको २ सय वर्षको अवशरमा कोलकतामा विषेश कार्यक्रम सम्पन्न

सदरलाइन संवाददाता २० जेष्ठ २०८३, बुधबार १९:५९
 
समाचार सारांश
Generated Using AI
  • हिन्दी भाषाको पहिलो पत्रिका उदन्त मार्तण्ड प्रकाशनको २०० वर्ष पूरा भएको अवसरमा भारतको कोलकातामा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ।
  • कार्यक्रममा पत्रकारिता, डिजिटल सञ्चार, अभिव्यक्ति स्वतन्त्रता तथा दक्षिण एसियाली राष्ट्रहरूबीच सञ्चार सहकार्यका विषयमा छलफल गरिएको थियो।
  • सो अवसरमा नेपाल र भारतका डेढ दर्जनभन्दा बढी पत्रकार तथा लेखकलाई ‘उदन्त मार्तण्ड स्मरण एवं सम्मान समारोह–२०२६’ मार्फत सम्मान गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोलकाता (भारत) : हिन्दी भाषाको पत्रिका प्रकाशनको २ सय वर्ष पुगेको अवसरमा भारतको कोलकातामा अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।

भारतको मात्रृभाषा हिन्दी भाषाको पत्रिका ‘उदन्त मार्तण्ड’ प्रकाशनको २ सय वर्षको अवशरमा सार्क जर्नालिष्ट फोरम भारत च्याप्टरले कलकत्ता गल्स कलेज र भारतीय हिन्दी प्राध्यापक परिषदसगको सहकार्यमा सो गोष्ठीको अयोजना गरेको हो ।

सो गोष्ठी दक्षिण एसियाली क्षेत्रीय पत्रकारिताको विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा पत्रकारहरूबीच अनुभव आदानप्रदान गर्ने थलोको रुपमा रहेको मानिएको छ ।

कार्यक्रममा उदन्त मार्तण्ड र यसका सम्पादक पंण्डित युगोल किशोर शुक्लको योगदानको बारेमा चर्चा गरिएको थियो । यो पत्रिका त्यती बेलाको परिवेशमा हिन्दी भाषाका जबरजस्त भुमिका स्थापना गर्नको लागि प्रकाशनमा आएको थियो ।

सो अवशरमा सार्क जर्नालिष्ट फोरम भारतद्वारा हिन्दी भाषाको पहिलो पत्रिका ‘उदन्त मार्तण्ड स्मरण एवं सम्मान समारोह–२०२६’ बाट नेपाल र भारतका डेढदर्जन बढी पत्रकार, लेखक सम्मानित भएका छन् ।


यसरी सम्मानित हुनेहरुमा सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टरका रुद्र सुवेदी, सदाब मलिक, अजमत अली सिद्दिकी, युवराज पाण्डे, सिवेन्द्र भण्डारी, सोम गुरुङ्ग, अमर खड्का, गिरिश गुप्ता, अरुण कलवार, शैलेश साह कानु, चन्दन कुमार महतो, सार्क जर्नालिष्ट फोरम भारत विहारका डा. शशी भुषण कुमारलगायतका सम्मानित भएका थिए ।

सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल भारत च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा नेपालसहित विभिन्न देशका पत्रकार, सञ्चारकर्मी, साहित्यकार तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भारतको मात्रृभाषा हिन्दी भाषाको पत्रिका ‘उदन्त मार्तण्ड’ प्रकाशनको २ सय वर्ष र यसले समाज रुपान्त्रणमा खेलेको भुमिकाको बारेमा पत्रिका र यसका सम्पादक पं. युगोलकिशोर शुल्लको योगदानको चार्चा गरिएको थियो ।

भारतको कोलकातास्थित गल्र्स कलेजमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पत्रकारिताको वर्तमान अवस्था, डिजिटल सञ्चार माध्यमको प्रभाव, अभिव्यक्ति स्वतन्त्रता, तथ्यमा आधारित पत्रकारिता तथा दक्षिण एसियाली राष्ट्रहरूबीच सञ्चार सहकार्यका विविध विषयमा समेत छलफल गरिएको थियो ।

नेपाल–भारतसहित सार्क राष्ट्रहरूबीच पत्रकारितामार्फत आपसी सम्बन्ध अझ सुदृढ बनाउन, सञ्चार क्षेत्रका चुनौती र अवसरबारे साझा दृष्टिकोण विकास गर्न तथा पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

सार्क जर्नलिस्ट फोरम भारत च्याप्टरद्वारा द्वारा आयोजित कार्यक्रममा मूख्य वक्ताको रुपमा सार्क जर्नलिस्ट फोरम अन्तराष्ट्रिय कार्यकारी सदस्य प्रो अस्मिता मिश्र, अलिगढ मुस्लिम विश्वविद्यालयका पत्रकारिता विभागका प्रो. शंभुनाथ तिवारी, भारतीय हिन्दी प्राध्यापक परिषद महासचिव प्रो. सञ्जिव दुवे, कलकत्ता गल्स कलेज प्राचार्य, सत्या उपाध्याय, सार्क जर्नलिस्ट फोरम नेपाल च्याप्टरका रुद्र सुवेदी, मो सदाव मलिकलगायत रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तापक्रम बढेसँगै बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

२० जेष्ठ २०८३, बुधबार १९:५९
समाचार सारांश Generated Using AI हिन्दी भाषाको पहिलो पत्रिका उदन्त मार्तण्ड प्रकाशनको २०० वर्ष पूरा भएको अवसरमा भारतको कोलकातामा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ।कार्यक्रममा पत्रकारिता, डिजिटल सञ्चार, अभिव्यक्ति स्वतन्त्रता तथा दक्षिण एसियाली राष्ट्रहरूबीच सञ्चार सहकार्यका विषयमा छलफल गरिएको थियो।सो अवसरमा नेपाल र भारतका डेढ दर्जनभन्दा बढी पत्रकार तथा लेखकलाई ‘उदन्त […]