हुम्लामा पहिलोपटक प्लाटिना बाइक

सदरलाइन संवाददाता २२ फाल्गुन २०८१, बिहीबार २१:१५
 
हुम्ला  :  सडकको हिसाबले नेपालकै सबै भन्दा दुुर्गम र विकट  मानिएको हुम्लामा पहिलो पटक प्लाटिना बाइक पुगेको छ । अदानचुली–१, हुम्लाका डबलबहादुर महताराले पहिलोपटक बजाज कम्पनीको १०० सिसीको प्लाटिना बाइक चलाएर मङ्गलबार हुम्ला पु¥याएका हुन् ।
हाल गुलरिया–२ बििर्दयामा बस्दै आएका महताराले गएको असोज १७ गते घटस्थापनाको दिन दसैँको अवसर पारी बर्दियाको गुलरियास्थित ग्लोबल अटोमोटिभ्स प्रालिबाट बाइक खरिद गरेका थिए ।
गुलरियाबाट नेपालगञ्ज, सुर्खेत, दैलेख, कालिकोट र बाजुरा हुँदै बाइकमा हुम्ला पुगेको महताराले बताए । पत्रकार तथा लेखकसमेत रहेका महतारा हाल ताँजाकोटस्थित धर्मोदय माध्यमिक विद्यालयमा कार्यरत छन् ।
‘पिकअप थोरै भएकोले उकालोमा डर मानेर मानिसहरु नेपालगञ्जबाट सुर्खेत पनि लिन डराउने गरेका रहेछन् ।’ महताराले भने, ‘सुर्खेतबाट नै ट्राफिक प्रहरी र सुरक्षा निकायमा कार्यरत साथीहरुले उकालोमा गाह्रो हुने भएकाले नलिन सल्लाह दिनुभएको थियो तर मैले पहिलोचोटि आफैले चेक गर्छुु भनेर चलाएरै ल्याएँ ।’
उनी सुर्खेतबाट खाना खाएर दस बजे दैलेखको गुराँसे लेक हुँदै कालिकोटको जिते भएर जारकोट पुगेका थिए । उनले कर्णाली करिडोरको सबैभन्दा उकालो रहेको कालिकोटको थिर्पुबाट तोलिभिर हुँदै बाजुरा भएर हुम्ला पुगेको बताएका छन् ।
उनले आफूलाई चाहिने सम्पूर्ण सरसामान बाइकमा बोकेर गथएका थिए । बाटो एकदमै अफ्ठ्यारो भएकाले उकालो भन्दा ओरालोेमा अलिकति समस्या रहेको बताए । उनले भने, ‘राम्रो बाटोमा त जति ओरालो भए पनि केही समस्या परेन । गौँडा र ठुलठुला ढुङ्गा भएको ओरालोमा भने बाइक अलि हल्का भएकाले केही समस्या रह्यो । तर, अर्को मान्छे साथमा नभएको र एक्लैको यात्रा भएकाले जति समस्या परे पनि आफै समाधान गर्नुप¥यो ।’ बाटो पिच भएको खण्डमा रुपैढियादेखि प्लाटिना बाइकमा सजिलै मानसरोवरसम्मको यात्रा गर्न सकिने अनुभव सुनाए ।
पहिलोचोटि दैलेख, कालिकोट, बाजुरा हुँदै प्लाटिना बाइक चलाएर हुम्ला पु¥याएको खबर सुनेपछि ग्लोबल अटोमोटिभ्स प्रालिका प्रवन्ध निर्देशक चन्द्रदीप चोशीले खुसी व्यक्त गरे । उने भने,‘हुम्लामा बाइक पुगेपछि तराइमा चल्ने बाइक पहाडि तथा हिमाली क्षेत्रमा प्लाटिन बाइक चल्दैन भन्ने भ्रम हटेको छ ।’
‘यो धेरै खुसीको कुरा हो । यसबाट बजाजको हरेक बाइक बलियो छ भन्ने कुरा प्रमाणित भएको छ ।’ उनले भने, ‘अरुले जतिसुकै पहाडमा प्लाटिना बाइक चल्दैन भनेपनि महतारा सरले चलाएरै देखाइदिनु भयो । उहाँको यो साहसिक कार्यलाई हामी उच्च सम्मान गर्दछौँ । समयले साथ दियो भने उहाँलाई बजाजले पक्कै पनि सम्मान गर्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके बर्दियाका किसानले किसानमैत्री योजना कार्यान्वयन गर्न माग

२२ फाल्गुन २०८१, बिहीबार २१:१५
नेपालगञ्ज :  बाँके बर्दियाका किसानहरुले प्रदेश सरकारले किसानको भावनालाई बुझेर किसानमैत्री योजना निर्माण गर्न माग गरेका छन् । लुम्बिनी प्रदेश कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्य विकास निर्देशनालय बुटवलले नेपालगञ्जमा आयोजित सरोकारबालाहरु संगको अन्तरक्रिया कार्यक्रमका सहभागि अगुवा किसानहरुले किसानमैत्री बाताबरण र योजना माग गरेका हुन । कार्यक्रममा […]

सम्बन्धित