कर्मचारी मिलन केन्द्र बाँकेको दशै शुभकामना आदानप्रदान

सदरलाइन संवाददाता २१ आश्विन २०८१, सोमबार १९:२४
 

नेपालगञ्ज  : हिन्दू समुदायको बडादशैको अवसरमा कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा शुभकामना आदानप्रदान एवम कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

कर्मचारी मिलनकेन्द्र बाँकेका अध्यक्ष गोविन्द पाण्डेको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूचनाको हक कार्यान्वयनको लागि कार्यालयबाट सम्पन्न भएका कार्य प्रगती अनिवार्यरुपमा सार्वजनिक गर्नुपर्ने र सूचना माग गर्नै नपर्ने गरी सबै सरकारी कार्यलयबाट आ–आफ्नो वेभसाईटमा अपलोड गर्ने कुरामा सबैको एकमत भएको छ ।

बैठकलाई सम्बोेधन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सूचनामा सबैको पहुँच हुने गरी आ–आफ्नो कार्यालयबाट सार्वजनिक गर्नुपर्ने सूचना समयमै बिना कुनै बाधा ब्यवधान उपलब्ध गराउन आग्रह गरे ।


उनले दशैतिहर लगत्तै जिल्लाका सरकारी कार्यालयहरुमा सूचनाको हक कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गरिने भएकोले कार्यालयले सार्वजनिक गर्ने पर्ने सूचना अनिवार्य रुपमा सार्वजनिक गर्न सबैलाई निर्देशन समेत दिए ।

सो अवसरमा बडादशै, तिहार, नेपाल सम्बत, छठलगायतका पर्व शान्त र सभ्यरुपले मनाउन शुभकामना व्यक्त गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज वडानं. १ द्वारा खेलाडि सम्मान तथा दशैको शुभकामना आदानप्रदान 

२१ आश्विन २०८१, सोमबार १९:२४
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिका वडानं. १ ले बडा दशैको अवसर पारेर शुभकामना आदानप्रदान तथा खेलाडि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडा अध्यक्ष प्रमोद रिजालको अध्यक्षता तथा नगरप्रमुख प्रशान्त विष्ठको प्रमुख आतिथ्यतामा काठमाण्डौमा हालै सम्पन्न शाररिक सुगठनमा द्वितिय स्थान प्राप्त गरेका वडाबासी सलिम कुरेशीलाई १० हजार नगदसहित सम्मान गरिएको हो […]