मकालु एयरका पाईलट को–पाईलट भन्छन,‘अर्को जुनी पाएको जस्तै भएको छ’

२१ श्रावण २०७३, शुक्रबार ०८:०६
 

IMG_8362 copy सदरलाइनडटकम
२१ साउन, नेपालगन्ज : हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतको लागि उडेको मकालु एयरको नाईन एनएएलडि कलसाईनको किलोचार्ली (सिंगल ईञ्जिन) विमानका चालकदलका सदस्यद्वयले ‘अर्को जुनी पाए’को जस्तै भएको बताएका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राईभेट वार्डको बेड नं २ उपचारको लागि भर्ना भएका दुर्घटनाग्रस्थ जाहाजका पाईलट सांगे लामाले भने–‘अर्को जुनी नै पाएको जस्तो भएको छ ।’ उनले सिमिकोट विमानबाट उडान भरे लगत्तै विमानको ईञ्जिन फेल भएपछि विमानलाई आपतकालिन ल्याण्डिङ्गगर्नु परेको जानकारी दिए ।

   उनले त्यो घटनालाई सम्झदै भने–‘उडेको ५ मिनेटमै फोर्स ल्याण्डिङ्ग गर्नु पर्ला भनेर सोचको थिएन तर, विहीबार सिमिकोट विमानस्थलबाट उडान भर्ने वित्तिकै भयो पनि त्यस्तै, एक्कासी ईञ्जिनमा खरावी आयो अनि एमरजेन्सी ल्याण्डिङ्ग गर्नु प¥यो ।’ उनले दुबै पाईलटका बीचमा भएको सुजबुजको कारण दुवैको ज्यान जोगिएको बताए ।

जाहाज उड्ने वित्तिकै ईञ्जिन फेल भयो पुनः फर्केर विमानस्थलमा जाने कुनै संभावना थिएन । हावाको चाप अत्याधिक बढेको थियो जसरी पनि सेफ प्लेस खोज्दै कम क्षतिमा सेभ हुनु थियो तर, यो असंभव जस्तै थियो, कम समयIMG_8370 copyमा दुबै जनाको सुझबुझले जुन खोच हेर्दै डरलाग्दो थियो त्यहि खोचमा नै जीवन दाउमा राखेर फोर्स ल्याण्डिङ्ग गरियो’ उनले सम्झदै भने ।
उनको देब्रे खुट्टामा फयाक्चर भएको र छातिमा चोट लागेको छ । हुम्लाको खार्पुनाथ खोला र कर्णालीको दोभानमा फोर्स ल्याण्डिङ्ग गरिएको बताउदै क्याप्टेन लामाले फोर्सली ल्याण्डिङ्ग गर्दा ढोका लक हुने र आफुहरु विमान मै फस्न सक्ने भएकोले हावामा नै विमानको ढोका खोल्दा विमानबाट निस्कन सजिलो भएको बताए । ‘
कोपाईलट प्रशान्त शाहले क्याप्टेन लामाको अनुभव र सहि समयको सहि निर्णयको कारण आफुहरु दुबैको ज्यान जोगिएको बताए । उनले आफुहरु ११ हजार ५ सय फिटको उचाईमा उडेको अवस्थामा समस्या आएपछि चारैतिर डाँडाकाँडाको बिचमा रहेको नदीमा नै ल्याण्डिङ्ग गर्ने निर्णय गर्दा आफुहरु बाँच्न सफल भएको बताए ।
उनी नेपालगन्ज निवासी हुन । अस्पतालको प्राईभेट वार्डको १ नं बेडमा उनी भर्ना भएका उनको टाउको, र ढाडमा चोट लागेको छ । उनले आफ्नो उद्दार तथा उपचारको लागि खटिने सबैलाई धन्न्यबाद समेत दिए । कर्णलीको खोचमा फोर्स ल्याण्डिङ्ग गरिएपछि उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरले घटना घटेको १० मिनेटमै उद्दार गरेको थियो ।
यसैबीच सो घटनाका घाइते पाईलटद्वयलाई उपचारको लागि नेपालगन्ज मेडिकल कजेज शिक्षण अस्पताल कोहलपुर पु¥याईए लगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यात, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईलगायतले भेटेर उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।


IMG_8354 copy   IMG_8359 copy

IMG_8343 copy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाह्ृय शक्तिको ईशारामा सरकार परिवर्तन : अध्यक्ष केसी

२१ श्रावण २०७३, शुक्रबार ०८:०६
सदरलाइनडटकम २२ साउन, काठमाडौं : निर्वतमा उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाह्ृय शक्तिको ईशारामा नयाँ सरकार गठन भएको आरोप लगाएका छन् । शुक्रबार पार्टीद्वारा रिपोर्टर्स क्लबमा ‘राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने,‘नेपालको सत्ता परिवर्तनमा बाहृय शक्तिको हात रहँदै आएको छ, अहिलेको सरकार पनि […]