आदर्श माध्यमिक विद्यालयको ’स्पोर्ट्स विक’ शुरु

सदरलाइन संवाददाता ३ माघ २०८०, बुधबार १७:३९
 

नेपालगञ्ज : नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयको ’स्पोर्ट्स विक’ बुधवारदेखि शुरु भएको छ । विद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित तीन दिने ’स्पोर्ट्स विक’को नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले उदघाटन गरेका छन् । वडा नम्बर १ धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा झण्डोत्तलन गरेर रिजालले ’स्पोर्ट्स विक’को उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रिजालले शिक्षासंगै खेलकुदलाई पनि अगाडि लिएर जान जरुरी रहेको बताए । शारीरिक र मानसिकरुपले स्वस्थ मानिसले मात्र देश विकासमा टेवा पुर्याउन सक्ने भन्दै उनले त्यसका लागि सबैभन्दा उत्तम माध्यम खेलकुद भएको बताए ।

“खेलकुदलाई आदर्शले निरन्तररुपमा महत्व दिँदै आएको छ, म आदर्शलाई धन्यवाद दिन चाहन्छु,“ उनले भने–“भोलि यिनै भाइबहिनीहरुबाट नै देशले प्रतिभावान खेलाडी पाउने हो, यो राम्रो अवसर हो ।“ रिजालले आफू धम्बोझीलाई खेलकुदको हब बनाउन लागिपरेको बताउँदै अहिलेसम्म धेरै संरचनाहरु निर्माण भइसकेको र केही निर्माणको चरणमा रहेको जानकारी दिए ।

आदर्श माध्यमिक विद्यालयका चिफ डाइरेक्टर ईश्वर पोखरेलले विद्याथीहरुमा अन्तरनिहित क्षमतालाई उजागर गर्न हरेक बर्ष ’स्पोर्ट्स विक’ आयोजना गर्दै आएको बताए । एकेडेमिक एडभाइजर प्रकाश लामिछानेले विद्यार्थीहरुमा रहेको खेलप्रतिको उत्साह र जाँगरलाई मूर्तरुप दिन खेलकुदजन्य क्रियाकलाप आदर्शको प्राथमिकतामा पर्दै आएको बताए ।


विद्यालयका सहायक प्राचार्य टंक गौतमले सहजीकरण गरेको कार्यक्रममा विद्यालयकी कोर्डिनेटर अञ्जली जैनले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । उद्घाटन कार्यक्रममा आदर्शका संस्थापक सदस्य एवम् सनविनका डाइरेक्टर पवन गौतम, ब्याडमिन्टन प्रशिक्षक जनार्दन रत्न मल्ल, भलिबलका पूर्व खेलाडी एवम् प्रशिक्षक सञ्जय शर्मा उपाध्याय, विद्यार्थी, शिक्षक लगायत उपस्थित थिए ।

पाठ्यक्रममा आधारित नियमित अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा ’स्पोर्ट्स विक’ गर्दै आएको सहायक प्राचार्य टंक गौतमले बताए । लंगजम्प, खोखो, व्याडमिन्टन, फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, सांगितिक कुर्सी दौड, पिरामिड दौड लगायतका इभेन्ट ’स्पोर्ट्स विक’मा समावेश गरिएको छ । पुरुष शिक्षकहरुका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएको छ ।

नेपालगञ्ज–१० सुर्खेतरोडमा अवस्थित आदर्श माध्यमिक विद्यालय यस क्षेत्रको अग्रणी निजी विद्यालय मानिन्छ । अभिभावकहरुको रोजाईमा पर्दै आएको शिक्षण सिकाईमा अब्बल मानिएको आदर्शले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका विद्यालयमा माघ ६ गतेसम्म जाडो विदा

३ माघ २०८०, बुधबार १७:३९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ । चिसो अत्याधिक बढेपछि सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयहरुमा विहीवारदेखि माघ ६ गतेसम्म जाडो विदा दिइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । अत्याधिक जाडो तथा शीतलहर बढेसँगै बिद्यालय सञ्चालनमा कठिनाई भएकाले बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । उपमहानगरपालिका अन्तर्गत […]