२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा प्रथम माननीय किशोर सिंह राठौर क्रिकेट प्रतियोगिता शुरु



नेपालगञ्ज : बाँकेमा ‘प्रथम माननीय किशोर सिंह राठौर यु–१६ बिद्यालय स्तरिय कप क्रिकेट प्रतियोगिता–२०८०’ शुरु भएको छ । नेपालगञ्जको मंगलप्रसाद उच्च मावि खेल मैदानमा प्रतियोगिता औपचारिक रुपमा शुरु भएको हो ।

आयोजक ज्योती स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीको सभापतित्वमा भएको प्रतियोगिताको प्रमुख अतिथी एवम प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले उदघाटन गरे ।

बाँके जिल्ला क्रिकेट संघका पुर्वअध्यक्ष एवम् सदस्य सुनिलसिंह हमालले सञ्चालन गरेको उदघाटन शत्रमा संघका सदस्य एवम् प्राविधिक संयोजक मनमोहन लम्सालले स्वागत गरेका थिए ।

सो क्रममा लुम्बिनी प्रदेशका सांसदद्धय सुशिला नेपाली र मिना सिद्धिकी, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, काँग्रेस नेता सुदिपनरसिंह राणा, लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, भेरी अस्पताल नेपालगञ्जका अध्यक्ष बीरेन्द्र शाह, राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, नेपाली काँग्रेसकी नेतृ भारती जोशी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिपजंग शाह, उपाध्यक्ष चेतकान्त भट्टराई र सदस्य मञ्जु शाह, क्रिकेट प्रशिक्षक, ज्योती स्पोर्टस एकेडेमीका पदाधिकारी, खेलाडी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी राठौंरले ब्याटिङ गरे पश्चात लुम्बिनी प्रदेश क्रिकेट समितिका कोषाध्यक्ष तथा पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष स्वर्गिय राजेश श्रेष्ठको सम्मानमा १ मिनेट मौन धारण गरी उद्घाटन खेल सुरु गरिएको थियो । उद्घाटन खेल नेपालगञ्ज मोडल एकेडेमी र ब्राईटल्याण्ड बीच भएको छ ।

उक्त प्रतियोगितामा बाँकेका विभिन्न १७ वटा टिम सहभागी भएको आयोजकले जनाएको छ । नकआउटको आधारमा खेलाइएको प्रतियोगिताका विजेता टिमले नगद ५० हजार, उप–विजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्स म्यानले ५÷५ हजार नगद प्राप्त गर्नेछन् । खेलको प्लेयर अफ द म्याचले नगद १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समुह ‘ए’ मा फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, जिभिएन, एबिसी, ड्रिमल्याण्ड, सेन्ट जेभिर्यस, मंगल प्रसाद मावि र बागेश्वरी एकेडेमी कोहलपुर रहेका छन् । यस्तै समुह ‘बी’ मा आदर्श स्कुल, मोर्डन पब्लिक, सिद्धार्थ विद्यासदन, आइडियल पब्लिक, जय बागेश्वरी, ब्राइटल्याण्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल र महेन्द्र स्कुल रहेका छन् ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार
ताजा समाचार