यस शैक्षिक सत्रबाट जानकीमा कक्षा ११ को अध्ययन शुरु

सदरलाइन संवाददाता २ पुष २०८०, सोमबार १३:५८
 

जानकी (बाँके) : मधेसी समुदायको बाहुल्यता रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट ११ कक्षाको अध्ययन शुरु भएको छ ।

नेपालगञ्जबाट नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ को विज्ञान संकायमा अध्ययन शुरु भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायले जानकारी दिए ।

१३ जना मधेसी समुदायका विद्यार्थी भर्ना भएको सो विद्यालयमा ८ जनाले मात्रै नियमित अध्ययन गरिररको जानकारी दिदै प्रधानाध्यापक आर्चायले त्यसका लागि तीन जना शिक्षकको दरबन्दी भएको बताए । १३ विद्यार्थीमध्ये ६ जना छात्रा हुन ।

‘हामीले धेरै बर्षदेखि दश जोड दुईको लागि प्रयास ग¥यौ तर अहिले बल्ल सफल भएका छौ’उनले भने ।


जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो । दरबन्दी भएका शिक्षकलाई प्रतिमहिना ४० हजार तलब तोकिएको छ । ४ सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ ।

जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा शुरु गरिएकोे र अर्को बर्षदेखि १२ कक्षा शुरु भएपछि विद्यार्थी संख्या बढदै जाने बताइन् ।

गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु भएको पहिलो पटक हो । मदरसा र गुरुकुल विद्यालय सहित ३९ विद्यालय रहेको सो पालिकामा १४ मदरसा, एउटा गुरुकुल र ६ संस्थागत विद्यालय रहेको जानकी गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा प्रहरी, प्रशासन र निजि क्षेत्रबीच द्वन्द बढ्दै

२ पुष २०८०, सोमबार १३:५८
नेपालगञ्ज : पश्चिमको आर्थिक केन्द्र नेपालगञ्जमा प्रहरी, प्रशासन र निजि क्षेत्रबीच द्वन्द बढेको छ । राजश्व चुहावट जस्तो बिषय कानुनी उपचारको बिषय बन्नुपर्नेमा दुवै निकाय सार्वजनिकरुप आरोपप्रत्यारोपमा लागेका छन् । नेपालगञ्ज भन्सारबाट पास भएको एउटा मालबाहक ट्रक सशस्त्र प्रहरीले बरामद गरेपछि उत्पन्न बिवादका बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघ(नेउवा संघ)ले औपचारिकरुपमा […]